ICAS

काेठाभाडा नदिएको भन्दै २१ दिनको बच्चासहित सुत्केरी महिलालाई घरबाट निकालेपछि

दुःखीको आशु पुछ्दै व्यवसायी खतिवडा

राजु गिरी, पोखरा । कोरोना भाईरस (कोभिड–१९) संक्रमण बढ्दै जाँदा लागु भएको लकडाउनका कारण विश्वको जनजीवन नराम्ररी प्रभावित भएको छ । यसको असर नेपालमा पनि नपर्ने कुरै भएन । लकडाउनले गर्दा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्नलाई झनै असर पारेको छ । यसै बिच पोखरामा दैनिक ज्यालादारी गर्ने त्यसमा पनि सुत्केरी महिलालाई कोठाभाडा नदिएको भन्दै घरबेटीले १४ महिनादेखि बस्दै आएको कोठाबाट निकालिदिएका छन् । तेह्रथुम निवासी २१ दिनको बच्चासहित सुत्केरी आमा गंगा लिम्बु सोमबार निकालिएकी हुन् ।

यसै त लकडाउनले कसरी बाच्ने भन्ने प्रश्न उठीरहेकै अवस्थामा भर्खरै जन्मेको बच्चासहितको सुत्केरी आमालाई निकालिनु मानवियता माथीनै सवाल उठेको छ । तरपनि सुत्केरी महिलाले घरबेटीलाई भन्दा आफु गरिब हुनु नै दोषि ठान्छिन् । उनी भन्छिन्– ‘जसो तसो घरभाडा त तिरिहाल्थ्यौं नी । यस्तो अवस्थामा पनि निस्केर जा भन्ने ? हुनत हामी जस्तो गरिबले नै हो पिडा भोग्ने ।’

Parichay
Infomatics

फागुनदेखि नदिईएको कोठाभाडा आफुहरुलाई निकाल्ने थाहा भएपछि जसोतसो जोहो गरेर २ महिनाको तिरेको लिम्बु बताउँछिन् । १ महिनाको मात्र बाकी रहदापनि कोठा निकालिदिएकाले घरबेटीप्रती उनी आक्रोश पोख्छिन् । सिमलचौर जनप्रिय स्कुल नजिक एक घरमा उनको परिवार बस्दै आएको थियो । लकडाउनका कारण घर बनाउने ज्यालादारीमा काम गर्ने उनको श्रीमान पनि काम नपाएर घरखर्च चलाउन सकेका छैनन् । उनको ८ वर्षको अर्को छोरा पनि छ ।

कोठाबाट निस्कनै पर्ने भएपछि बस्न कहाँ पाईन्छ भन्दै उनले बुझ्न थालिन । उनका अनुसार एक जना दिदि मार्फत पोखरामा पनि एकजना मानिसले लकडाउनका बेला गास र बास नभएकालाई शरण दिएको खबर पाउछिन् । उनले ती मानिसलाई फोन गरेपछि गास बासको जिम्मा लिनेगरि उनको परिवार भएकै ठाउँमा लिन जान्छन् ।

ती मनकारी मानिस पोखराको व्यवसायी युवराज खतिवडा हुन् । अहिले खतिवडाले पिडामा परेका सुत्केरी लिम्बुका परिवारलाई प्रस्याङमा एउटा कोठा दिएर खाद्यान्नको समेत व्यवस्था गरिदिएका छन् । कोठाबाट सिधै सडकमा जानुपर्ने अवस्थामा खतिवडा भगवानको रुपमा आएका पिडित लिम्बु बताउँछिन् । मनकारी खतिवडाले आजसम्म ७० परिवारलाई बस्ने कोठा र खाद्यान्न निशुल्क रुपमा दिएका छन् । उनी भन्छन्– ‘आजसम्म ७० परिवारलाई गाँसबासको व्यवस्था गरेको छु । भोली र पर्सिमा एक सय भन्दा बढी पुग्छन् होला ।’

पोखरा ५ पस्र्याङमा खतिवडाले आफ्नो व्यवसायमा काम गर्ने मजदुरका लागि आवास क्षेत्र बनाएका थिए । त्यहाँ करिब १ सय वटाभन्दा बढी कोठा छन् । अघिल्लो वर्षदेखि निर्माण थालेका उनले अहिले निर्माण कार्य लगभग सकिसकेका छन् । यसैबिच कोरोना महामारीको समस्याबाट पीडित भएकालाई उक्त भवन लकडाउन अवधिभर र अर्को जागिर नपाउने बेलासम्म निशुल्क उपलब्ध उनले गराएका छन् ।

खतिवडाको पोखराका विभिन्न बजारक्षेत्रमा व्यवसायिक कम्प्लेक्स तथा मिनि मार्केट छन् । सिदार्थ चोकमा रहेको तरकारी र फलफूल पाइने सब्जीमण्डी होस या पोखराकै चर्चित पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार । त्यहाँको सटर भाडामा लिएर व्यवसाय गर्ने सबैलाई उनले भाडा पनि छुट गरिदिएका छन् । उनी भन्छन्– ‘मलाई भाडा तिर्ने सबै व्यवसायी मजदुरु सबैलाई करिब ६० लाख रुपैयाँ घरभाडा छुट दिएको छु ।’

विश्वभर यस्तो महामारीको विपत्ती भएको बेला सक्नेले, क्षमता हुनेले अरु विपन्न र दुःखी गरिबलाई सहयोग गर्नुपर्ने खतिवडा बताउँछन् ।

pokhara internet
Comments
Loading...