ICAS

पोखराको मालेपाटन क्वारेण्टाइनमा बसेका युवराज भन्छन्, ‘मनोबल गिर्यो’

सन्तोष बस्याल

पोखरा / तीन दिनदेखी पोखराको मालेपाटन कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका स्याङजा भिरकोट नगरपालिका —१ का युवराज गुरुङले प्रदेश सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा पौष्टिक आहारको कमी भएको गुनासो गरेका छन् ।

Parichay
Infomatics

खानामा सामान्य दाल, भात तरकारी मात्र दिइएको उनले बताए । “क्वारेन्टाइनमा मास्क, टिस्यु पेपरको समेत अभाव छ”, उनले भने, “हरेक चार घण्टामा मेडिकल मास्क फेर्नुपर्छ हुन्छ तर बल्लतल्ल दिनमा हामीले एउटामात्रै पाउँछौ ।”

मालेपाटनमा १६ जनालाइ क्वारेन्टाइनमा राखिएको छ ।

कृषि तालिम केन्द्रको भवनको उपल्लो र तल्लो तलामा गरी क्वारेन्टाइनमा विदेशबाट आएका मानिसलाई राखिएको हो । ट्वाइलेट बाथरुमसम्म एउटै प्रयोग गर्दा थप अर्को रोग फैलने हो कि भन्ने चिन्ता भएको गुरुङले परिचयनेटवर्कलाई बताए । प्रदेश सरकारको फितलो व्यवस्थापनले क्वारेन्टाइनमा बस्नेहरुको मनोबलमा ह्रास आएको उनले बताए ।

“खानेपानीको समेत राम्रो व्यवस्था छैन”, गुरुङले भने, “पटकपटक गुनासो पोखेपछि बल्लतल्ल तातोपानी तताउने कित्ली आइपुगेको छ ।”

उसो त गण्डकी प्रदेश सरकारका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विहिबार साँझ क्वारेन्टाइनमा बसेकाहरुको अवस्था बुझ्न पुगेका थिए । उनले उनीहरुको गुनासो समेत सुने । क्वारेन्टाइन व्यवस्थापनमा भएको समस्यालाइ समाधान गर्ने प्रतिबद्दता उनको थियो ।

तर व्यवस्थापनमा कमीकमजोरी हुँदा समस्या आफुहरुले खेप्नुपरिरहेको युवराज गुरुङले बताए । प्रदेश सरकारले पौष्टिक आहारको व्यवस्था नगरे महामारी फैलन सक्ने उनको भनाइ थियो ।

स्याङजाका गुरुङ ११ मार्चमा एक ट्रेनिङमा सहभागी हुन जोर्डन प्रस्थान गरेका थिए । नेपाल फर्किएसँगै उनलाई क्वारेन्टाइनमा राखिएको हो । १७ वर्षदेखि इण्डियन आर्मीमा कार्यरत गुरुङ भन्छन्, ‘जीन्दगीमा यस्तो दुख कहिल्यै पाइएन ।”

प्रदेश सरकारले क्वारेन्टाइनमा रहेकालाई प्रदान गर्ने खाना
pokhara internet
Comments
Loading...