NTHMC

‘कोरोनाका विच व्यवसायमा चुनौतीका साथै अवसर पनि छ’

राजु गिरी, पोखरा । 

कोरोनाको कहरका विच व्यवसायमा नयाँ चुनौतीका साथै अवसर पनि आएको विज्ञहरुले बताएका छन् । युथ कम्युनिटी क्लवको आयोजनामा शनिबार पोखरामा भएको युवा व्यवसायीका अवसर र चुनौती विषयक अन्तरक्रियामा विज्ञले यस्तो कुरा बताएका हुन् ।

roma

अन्तरक्रियाका विशेष वक्ता पोखरा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विश्लेषक आनन्दराज मुल्मीले कोरोनाको कहर भैरहदापनि अवसरको खोज गरि व्यवसाय गर्न सकिने बताए । उनले भने –‘परिस्थिति असहज पक्कै छ तर यहि चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्दछ ।’ अरुको देखासिखी गरेर व्यवसायमा छिर्नुभन्दा अगाडी त्यस व्यवसायको बारेमा अनुसन्धान गर्नैपर्ने उनको भनाई थियो ।

ICAS
parichay

अर्का वक्ता व्यवसायी अनन्त कुमार श्रेष्ठले जुन व्यवसायमा समस्या धेरै हुन्छ त्यसमा फाईदा र उपलब्धि पनि धेरै हुने बताए । त्यस्तै पर्यटक विश्लेषक सुवास मल्लले सामुहिक लगानीको व्यवसाय सफल हुने बताए । पर्यटन क्षेत्रलाई कोरोनाले ठुलै असर पारे पनि यसै बिच अवसर खोज्नुको विकल्प नभएको बताए । त्यसैगरि व्यवसायी अरुणा शेरचनले महिलाहरुले घरमा पनि बढी समय दिनुपर्ने भएकाले समय व्यवस्थापन अपरिहार्य रहेको बताईन् । साथै शिक्षा क्षेत्रमा युवाको बिचार र लगानी आवश्यक रहेको उनको भनाई थियो ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हरेक संकट अवसर पनि रहेको बताए । उनले भने– ‘प्रतिकुलतामा अनुकुलता खोज्ने नै युवा हो । युवा लिडर हो । चुनौतीसँगै अवसर आउने भएकाले समयमै उचित कदम चाल्नुपर्छ ।’

युथ कम्युनिटी क्लबका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले व्यवसायमा युवाहरुको साथ र सहयोग आवश्यक पर्ने भएकाले क्लबले युवा व्यवसायीको मर्म अनुसार कदम चाल्ने बताए । १ वर्ष अघि ३ जनाबाट शुरु भएको क्लबमा अहिले ३०० जना रहेको श्रेष्ठले जानकारी दिए । साथै अवको ५ वर्षमा १० हजार सदस्य संख्या बढाउने लक्ष्य रहेको बताए । युवामा नयाँ सोँच, बिचार तथा भिजन भएकाले युवाहरुलाई व्यवसायमा आवद्ध गराउनुपर्ने उनको भनाई थियो ।

अन्तरक्रियाका कार्यक्रमको संचालन स्नेहा गुरुङले गरेकी थिईन् ।

pokhara internet
Comments
Loading...