अब सार्वजनिक यातायात चलाउन पाइने, तर आधा मात्र बोक्नुपर्ने

काठमाडौं । अब जिल्लाभित्र सार्वजनिक यातायात चल्न पाउने भएका छन् । तर, गाडीमा आधा मात्र यात्रु चडाउनुपर्ने छ । तर, साविकभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको छ ।

उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यकाबाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बिहीबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

ICAS

सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

त्यस्तै, ट्याक्सीमा चालकबाहेक दुईजनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।

एकै परिवारको भए पाँच वर्षमुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारीसाधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए । मापदण्ड पूरा गरेर भोलिदेखि नै यातायात चलाउन पाइनेछ ।

pokhara internet
Comments
Loading...