ICAS
Rara

बिद्यार्थीको अनशन,क्याम्पस चिफ भन्छन् -‘आमरण अनशन बस’

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा क्याम्पस प्रशासनलाई बिभिन्न प्रकारका मागहरु राखेर बिद्यार्थीहरु यतिवेला रिले अनशनमा बसेका छन् । विद्यार्थी आन्दोलनलाई कमजोर पार्नका लागि क्याम्पस प्रमुखले प्रहरीलाई आफ्नो कार्यकक्षमा बोलाएर राख्ने गरेको आरोप आन्दोलनरत बिद्यार्थीहरुले लगाएका छन् ।
शैक्षिक क्षेत्रलाई सरकारले शान्ती क्षेत्र घोषणा गरेपछि प्रहरीलाई क्याम्पस प्रवेशमा रोक लगाईएको थियो तर अहिले कानुनको धज्जी उडाउदै क्याम्पस प्रशासनले प्रहरीले क्याम्पस भित्र प्रवेश गराएको आन्दोलनकारी बिद्यार्थीहरुको भनाई छ ।
घटनाको बिषयमा के भएको हो भनि बुझ्न गएका संचारकर्मीहरुलाई समेत क्याम्पसप्रमुख रामप्रसाद पौडेलले ‘तँपाईहरु भिड जम्मा गर्न आएको हो ?’ भनि गैह्रजिम्मेबार अभिव्यक्ति दिएका थिए । आन्दोलनमा रहेका बिद्यार्थीहरु कुनै पनि हालतमा माग पुरा नगर्ने धम्कि दिँदै उनले भनेका थिए ,‘ अनसन होईन आमरण अनशन बसे पनि केहि हुँदैन सकेको गर’ क्याम्पस प्रमुखजस्तो जिम्मेबार पदमा बसेर दिएको गैह्रजिम्मेबार अभिव्यक्ति बिद्यार्थीहरुलाई झन आक्रोशित बनाईनुको कारण क्याम्पसमा आन्दोलनले झन चर्को रुप धारण गर्ने देखिन्छ ।

parichay

सङ्गठनको जितहारका लागि भन्दा पनि विधार्थीको हक र हितका आँफुहरु अनशनमा बसेको अनशनरत बिद्यार्थीहरु गोविन्द अर्याल,विनोद पाण्डे,भरत जैशी र नितेश रिसालले बताएका छन् । उनिहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?