ICAS
Rara

पश्चिमी वायुको प्रभावले देशभर पानी पर्ने

काठमाडौं  । देशका पुर्वी क्षेत्रमा अहिले पानी परिरहेको छ । हावा, हुरी र चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र न्यूनचापिय क्षेत्रको असरका कारण दिउँसोसम्म मध्य र पश्चिम क्षेत्रमा पनि पानी पर्ने महाशाखाका मौसम समिर श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पुर्वी तराइमा पनि पानी परिरहेको छ। दिउँसोसम्म मध्य र पश्चिम तराईमा पनि पानी पर्ने महाशाखाले जनाएको छ ।

parichay

बेलुकासम्म देशभर नै पानी पर्ने महाशाखाले अनुमान गरेको छ। अधिकांश हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम खालको हिमपात हुनेछ । हिजो पनि हिमपात हुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रको जनजिवन प्रभावित भएको छ ।

केहि दिनदेखि बदली भएको मौसम भोली विहान देखि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको मौसम दिउँसो केहि खुलेपनि बेलुकीपख पानी पर्ने श्रेष्ठले बताए। उपत्यकामा मंगलबार राति पनि पानी परेको थियो ।

मंगलबार ५ दशमलव ६ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। उपत्यकामा विहानको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?