ICAS
Rara

पश्चिमी नेपालमा हल्का वर्षा, तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार बिहानदेखि पश्चिम नेपालका अधिकांश स्थानमा हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, भैरहवालगात ठाउँमा हल्का वर्षा भएको हो।

govnotice

उक्त प्रणालीका कारण काठमाडौं उपत्यकाको मौसम पनि चिसो भएको छ ।

‘देशभरि नै आज बदली हुन्छ। काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले सेतोपाटीसँग भने । बदलीको क्रम शनिबारसम्म जारी रहेनछ ।

यस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू(भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

parichay

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू(भागका थोरै स्थान र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।

फागुन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?