NMB Bank

भिटेन क्रेजी लेडिज, प्रकाश सपुतको गलबन्दीमा बेरियो वालिङ (फोटो फिचर)

पोखरा /  दशैंको छेकोमा रमाइलोको महशुस दिलाउने उदेश्यले सुरताल म्युजिक इभेण्ट म्यानेजमेण्ट प्रालीको आयोजनामा देशका विभिन्न ठाउँमा आयोजना भइरहेको सुरताल म्युजिक टुर —२०७६ को वालिङ कन्सर्टमा चर्चित ¥यापर समिर घिसिङ (भिटेन) प्रति युवतीहरु मोहित भएका छन ।

शुक्रबार वालिङको खेलमैदानमा सुरताल इभेण्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको सुरताल म्युजिकल टुरमा भिटेन स्टेजमा अन्तिममा प्रस्तुत भएका थिए । उनले गाएका हरेक गीतहरुमा युवती झुमिरहेको देखिन्थ्यो । एक युवती यसरी क्रेजी भइन कि भिटेनलाई भेट्न नपाएर रुन थालिन । दर्शकको चापले घेरिएको खेलमैदानमा भिटेनलाई सुरक्षा दिन हम्मेहम्मे परेको थियो । युवतीहरु भिटेन भिटेन भन्दै चियरअप गरिरहेका थिए ।

युवतीहरुको क्रेजीपनलाई सम्हाल्न आयोजकलाई पनि गाह्रो प¥यो । जसोतसो सम्हालिन पुग्यो । पछिल्लो समय नेपाली कलाकारको स्तरउन्नतिमा वृद्धि भएको छ । नेपाली कलाकारहरुले पनि सिर्जना मार्फत दर्शकको मन जित्न सफल भएका छन । भिटेन छोटो समयमानै चर्चित बनेका हुन । उनको ¥याप गीतमा देशको विद्यमान सामाजिक अवस्थालाई सहित माया प्रेम र सामान्य बोलीचालीका भाषालाई प्रस्तुत गरिएको पाइन्छ ।

यस्तै, लोकदोहोरी क्षेत्रका पछिल्लो समयका चर्चित गायक हुन प्रकाश सपुत । प्रकाशको गीतमा वालिङका दर्शकहरु झुमे । निर्धारित समय भन्दा केहि ढिलो भएता पनि दर्शकको चापले प्रकाशलाई स्टेजमा बाध्य पा¥यो । उनको गलबन्दीमा वालिङ यसरी बेरियो कि केहि समय फुकाउनै गाह्रो भयो । ब्याटलमा त नाच्नेको जमातनै बाक्लो थियो । प्रकाशले वालिङको माया गलबन्दी सँगै लिएर फर्के ।

नेपाल आइडलका सिजन २ का उपविजेता बिक्रम बराल पनि कोहि भन्दा कम देखिएनन । गितार लिएर एक्लै स्टेजमा उत्रिएका बिक्रमले अनपल्ग गीतहरुलाई प्रस्तुत गरे । उनको गीतमा पनि दर्शकको साथ राम्रो देखिन्थ्यो । ढाट्यो मायाले भन्दै स्टेज उत्रिएका गायक सन्तोष बस्यालले पुराना म्यासअप गीतमा दर्शकलाई झुमाए । लन्डनको आर के स्कवायर ब्याण्डले पनि सो अवसरमा प्रस्तुत राखेको थियो । गायिका बबी सुनारको गीतमा नाच्ने युवाहरुको जमात पनि राम्रै थियो । डान्सर वर्षा क्षेत्रीको ठुम्कामा कम्मर भाँच्नेहरु पनि नभएका होइनन ।

यसका अलवा वालिङ स्याङजाका लोकल कलाकारको पनि प्रस्तुती रहेको थियो ।

तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?