ICAS

समस्या समाधानका लागि वडा ४ मा टास्क फोर्स समिति गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ ले कोरोना संक्रमण न्युनिकरण तथा आइपर्ने विभिन्न समस्याको समाधानका लागि वडा स्तरिय टास्क फोर्स समिति गठन गरेको छ । वडाका समाजसेवी, राजनितीक दल, जनप्रतिनिधि तथा वडाका कर्मचारी समेटिने गरि ११ सदस्यिय फोर्स समिति गठन गरेको हो ।

उक्त टास्क फोर्स समितिले कोरोना भाइरस संक्रमण न्युनीकरणका लागि विशेष भुमिका खेल्ने वडा ४ का वडा अध्यक्ष शंकर वाँस्तोलाले बताए । साथै यस समितिले वडामा आइपर्ने विभिन्न समस्याको समाधान निकाल्न र वडाको काम अझ प्रभावकारी बनाउन समितिको गठन गरिएको उनले बताए ।

Parichay
Infomatics

समितिको संयोजकमा पुस्कर बहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा सरिता पराजुली, विष्णुमाया परियार, सुवर्ण केसी, केशवराज कोइराला, गोविन्द प्रसाद पराजुली, शंकर बहादुर कोइराला, युद्धबहादुर कोइराला, बिग्नेश थापा र सिता कोइराला रहेका छन् । समितिको संरक्षकमा वडाध्यक्ष बास्तोला रहेका छन् ।

वडाले अहिले कोरोना संक्रमण न्युनीकरणका लागि सचेतना गराउँदै आएको वडाध्यक्ष बाँस्तोलाले बताए । उनका अनुसार राहत वितरणलाई प्रभावकारी बनाउन वडामा रहेका घरका घरबेटीबाट टोल विकासमा र टोल विकासबाट वडामा नामावली ल्याइने छ । वडामा ल्याईएका नामावलीलाई छानविन गरि महानगरसमक्ष पठाईने उनले जानकारी दिए । त्यस्तै शहरी स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाईएको उनको भनाई छ ।

वडामा रहेका समाजसेवीहरुबाट आएको स्वस्फुर्त उठेको सहयोगबाट वडाको समन्वयमा भुमिहिन (सुकुम्वासी) तथा अव्यवस्थित बसोबास भएका र दैनिक ज्यालादारी गर्ने ८५ घरपरिवारलाई राहत वितरण गरिएको पनि वडाध्यक्ष बाँस्तोलाले जानकारी दिए । बाँकी केही घरलाई आवश्यकता हेरी वितरण कार्य गरिने उनले बताए ।

pokhara internet
Comments
Loading...