ओलीले देश धरासायी बनाए : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका छन् । आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उनले बताए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा मुलुकलाई धरासायी पारे र आफू पनि त्यसरी नै धरासायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुलुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

ICAS

लोक समाजवाद (समाजवाद, संघीयता र लोकतन्त्र)को बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

pokhara internet
Comments
Loading...