NTHMC
aama movie

विश्व यात्रा गर्दै ‘भ्वाइस’का राम, सनिष, आरिफ, यन्की र अन्जु

 

यही मार्च ६ बाट विश्वका चार देशमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । बेलायत, युरोप, क्यानडा र इजरायलमा आयोजना हुने कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल’को सिजन–२’ का अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले ‘ब्लू बर्ड इन्टरनेशनल इभेन्ट प्रलि’ले यस कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस यात्रामा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, आरिफ राउफ, अन्जु राना मगर, यन्की यल्मो सहभागी हुनेछन् । भने, कार्यक्रमको उद्घोषण सुशिल नेपालले गर्नेछन् ।

मार्च ६ देखि मार्च २३ तारिखसम्म बेलायतमा  राम लिम्बु, सनिष श्रेष्ठ, अन्जु राना मगर र यांकीले आफ्नो प्रस्ती दिनेछन् । जहाँ आरिफ हुनेछैनन् ।

त्यस्तै, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरालमा सांगीतिक कार्यक्रम हुनेछ । जहाँ आफिर हुनेछन् भने अन्जु छुट्नेछिन् ।

ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीका अनुसार बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै, क्यानडामा ४ वटा र इजरेलमा १ वटा सांगीतिक कार्यक्रम हुने छ ।

चार देशमा हुने कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने पनि अध्यक्ष पराजुलीले घोषणा गरे । कार्यक्रममा स्नेहा आश्रमका अध्यक्ष तथा कलाकार सुलेमान शंकर ‘इकु’ पनि उपस्थित थिए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?