पोखराको कोशेली : जङ्गली तरकारी ‘टुसा’

राजु गिरी, पोखरा । 
जङ्गली तरकारी मालिङ्गे जातकाे ‘टुसा’ यतिबेला पोखराका बजारमा विक्रिका लागि राखिएको देख्न सकिन्छ । समुद्री सतहदेखि २५ सय मिटरदेखि ३५ सय मिटरसम्मको उचाईमा हुने टुसा निगालोको मुना हो । कास्की जिल्लामा बाहेक नेपालका अन्य भुभागमा बिरलै पाईने यो टुसा रेडपाण्डा, कालो भालु, मृग जस्ता दुर्लभ जङ्गली जनावरको प्रमुख आहारा हो । तरपनि खानलाई मिठो हुने भएकाले अवैध रुपमा यसको ओसारपसार हुने गरेको पाईन्छ । अन्य ठाउँमा नपाईने भएकाले कास्कीको माछापुच्छ«, सार्दीखोला र ल्वाङघलेलबाट पोखरामा ल्याईएको टुसालाई कोशेलीको रुपमा अन्य ठाउँमा लैजाने गरेको पाईन्छ । नेपालका अन्य ठाउँमा मात्र नभई छिमेकी राष्ट्र भारतको राजस्थानसम्म पुग्ने गरेको टुसा व्यापारीहरु बताउँछन् ।

अवैध कारोबारलाई रोक्ने प्रयास सहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले वर्षमा एक महिना टुसा बिक्री वितरण खुला गर्ने गर्छ । यो वर्ष पनि साउन १६ देखी भदौ १५ गतेसम्म कास्कीको माछापुच्छ«े, सार्दीखोला र ल्वाङघलेलमा टुसा टिप्न अनुमती दिईएको एक्यापका संरक्षण अधिकृत असोक सुवेदी बताउँछन् । उनका अनुसार उक्त ३ ठाउँमा ३ ठेकेदारलाई टेण्डरमार्फत जिम्मा दिईने र ठेकेदारले प्रति टुसा १० पैसाको दरले सरकारलाई राजश्व बुझाउँछन् ।

roma

सिजनकै अवस्थामा निश्चित मात्रामा टुसा टिप्दा वन्यजन्तुको आहारामा खासै असर नपर्ने संरक्षक अधिकृत सुवेदी बताउँछन् । उनी भन्छन् –‘वन्य जन्तुको आहाराको पनि नाश नहोस् र स्थानियले पनि केही आय आर्जन होस्भनी दिगो व्यवस्थापन योजना अन्तरगत कार्य गरिरहेका छौं । सिजनमा टिप्दा वन्यजन्तुको आहारामा कुनै असर नपर्ने गरि निश्चित मात्रामा मात्र टिप्न लगाउँछौं ।’ कास्कीका तीन स्थानबाट २ लाखका दरले ६ लाख टुसामात्र निकासा गरिने उनको भनाई थियो । निकै रुचाईएको तरकारी भएकाले तोकिएको भन्दा बढी टिप्न सक्ने अवस्थालाई रोक्न चेक पोष्टसहित कडाईका साथ अनुगमन गरिएको उनी बताउँछन् । सुवेदी भन्छन् –‘अवैधरुपमा ल्याउनेलाई कुनै पानि हालतमा हामी छोड्ने छैनौं । धेरैलाई कानुन अनुसार कारवाहीमा परिसकेका छन् ।’

ICAS

हुनत टुसाको तस्करी गरेको थाहा पाए दोषीलाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम बिगो कायेम गराएर बिगो असुल गरि थप जरिवाना गर्ने वा ६ महिना कैद वा दुवै सजाय दिने कानुनी प्राबधान रहेको छ ।

टुसा व्यापारलाई बैधानिकता दिएपछि यसको माग अत्यन्तै बढ्दै गएको छ । यसले मानव शरिरको स्वास्थ्यलाई निकै राम्रो गर्ने भएकाले पनि माग बढि भएको विज्ञहरु बताउँछन् । विशेषगरि पोखराबाट काठमाडौं, चितवन, तनहुँ, लमजुङ, गोर्खाका बजारहरुमा टुसा जान थालेको ब्यापारीहरु बताउँछन् ।

अहिले पोखरामा टुसा प्रति मुठा ८० देखि १५० रुपैयामा बिक्रि भैरहेको छ । टुसा जडिबुटी पनि भएकाले एउटैस्थानबाट २ सय मुठासम्म बिक्री हुने गरेको व्यवापारी बताउँछन् ।

टुसाको व्यापार र माग फस्टाएको छ अनि सरकारले केहि राजस्व संकलन पनि गरेकै छ । तर दुर्लव रेडपान्डा, कालोभालु लगायत अन्य जंगली जनावरको प्रमुख आहार यसरी ब्यापार हुँदा त्यसले पार्ने प्रभाव बारे प्रश्न उठ्न थालेको छ ।

pokhara internet
Comments
Loading...