तुलसी बाटिका नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा तुलसी बाटिक नेपालले वडाका कर्मचारीहरू, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू र वडाका १२ ठाउँमा सञ्चालनमा रहेको ‘छिमेकी स्वास्थ्य जाँच तथा परीक्षण क्लिनिक’का स्वयम्सेवीलाई सोमबार वडा कार्यालयमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

तुलसी बाटिकाले एन ९५ मास्क, साधारण माक्स, फेस माक्स, विशेष किसिमको ग्लोभ, स्यानिटाइजर, थर्मोमिटर लगायत क्वारेन्टिनमा रहेका २५ जनालाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो नामको मर्म अनुरुप तुलसीको जगेर्ना गर्न र यसको महत्व बुझाउन वडावासीलाई २ हजार भन्दा बढी लुलसीका विरुवा वितरण गरेको छ ।

roma

स्वास्थ्य चौकीका कर्मचारी तथा संस्थाका उपसमिति संयोजकहरूलाई सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि वडाध्यक्ष मित्रलाल बरालले तुलसी बाटिका नेपालले स्थापनाको छोटो समयमा कोरोना भाइरस रोकथामका लागि वडाका १२ ठाउँमा डिजिटल मिनी क्लिनिक सञ्चालन गरी स्वास्थ्य सामाग्री उपलब्ध गराउनु समय सान्दर्भिक र प्रशसनीय भएको बताए । बरालले संस्थाका भावी योजनासँग वडाले सहकार्य गरी निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

ICAS

संस्थाका सदस्य राज गुरुङले स्वागत मन्तव्य राख्दै कोरोना सङ्क्रमणको यो जोखिमपूर्ण घडीमा वडावासीलाई सुरुक्षित राख्न संस्थाले स्वास्थ्य र सुरक्षा सामाग्री वितरण गर्नु आवश्यक ठानेर यो अभियान सुरु गरेको बताए ।

parichay

संस्थापक सदस्य सन्तोष पौडेलले तुलसी बाटिका नेपालले हालसम्म गरेका गतिविधि र आगामी दिनमा गर्ने कार्यक्रम र अभियानका बारेमा जानकारी प्रस्तुत गरेका थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी, होम क्वारेन्टिनमा रहेकाको हेरचाह गर्ने परिवारका सदस्य र आफन्तलाई सचेतना गराउने कार्यका पनि संस्थाले ध्यान दिने बताए ।

परीक्षणको दाहेरा फराकिलो हुँदै गर्दा र विदेशबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्दा राख्दै पनि मुलुकभर कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । सङ्क्रमितको चाप बढे सँगै सेवा प्रदायक, परिवारका सदस्य तथा समुदायमा बस्ने व्यक्ति र वडावासीलाई सङ्क्रमणको जोखिम नहोस भन्नका लागि समुदायमा आधारित संस्थाहरूले सचेतना र सहयोग बढाउन आवश्यक देखिएको बेला तुलसी बाटिका नेपालले आफ्ना गतिविधिहरू बढाएको छ ।

संस्थाका सदस्यहरूले होम क्वारेन्टिनमा रहेका २ जना वडावासीलाई घरमै पुगेर सुरक्षा सामाग्री वितरण गरेका थिए । संस्थाका जेष्ठ सदस्य सुजन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राज गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सचिव आनन्द बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

pokhara internet
Comments
Loading...