ICAS
Rara

कडा सुरक्षाका साथ आज अमेरिकी राष्ट्रपतिको भारत भ्रमण

पोखरा/

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले आज भारत भ्रमण गर्दैछन् । दुईदिने यो भ्रमण उनले भारतको अहमदावादबाट शुरुगर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

govnotice
parichay

भारत उड्नु अघि एक पत्रकार सम्मेलन गर्दै ट्रम्पले भारत भ्रमणलाई आफुले उत्साहजनक रुपमा लिएको बताएका छन् । ‘भारतका करोडौं जनतासँग भेट हुने भएकाले म उत्साहित छु र भारतका प्रधामन्त्री नरेन्द्र मोदी मेरा एक खास साथी पनि हुन् ।’ पत्रकार सम्मेलनमा उनले भनेका छन् ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारत ट्रम्पलाई स्वागत गर्न उत्साहित रहेको बताएका छन् । मोदीले एक ट्वीट गर्दै सोमवार दिनभरी ट्रम्प आफुसँगै रहने भएकाले भ्रमण विषेश हुने बताएका छन् ।

ट्रम्पको स्वागतका लागि भारतले ‘नमस्ते ट्रम्प’ नामको एक विषेश कार्यक्रम पनि तय गरेको जनाईएको छ । यस क्रममा करिब एक अर्ब भारतीय रुपैंया खर्च हुने अनुमान गरिएको छ । यो खर्चप्रति भारतीय काँग्रेसले भने आपत्ति जनाएको छ ।

pokhara internet
Comments
Loading...