NTHMC
aama movie

परीक्षणकै लागि काठमाडौं र विदेश जानुपर्ने बाध्यता छैन: पन्त

पोखरा / तनहूँ स्थायी घर भएका ठाकुरप्रसाद पन्त पोखराको स्वास्थ्य क्षेत्रमा परिचित नाम हो । विभिन्न रोग पहिचानका लागि गरिने प्रयोगशाला परीक्षणमा उनी स्थापित व्यक्ति हुन् । पोखराको महेन्द्रपुलमा एउटा सानो कोेठामा हुँदै आएको परीक्षणलाई सात वर्ष अघि उनले न्यूरोडमा विस्तार गरे, युनाईटेड रिफ्रेन्स ल्याबरोटेरी (यु.आर.एल.) मार्फत । स्थापनासँगै युआरएलले विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको छ । युआरएलले सातौं वर्ष पुरा गरेको छ हालै । सोही सन्दर्भमा पन्तसँग परिचय नेटवर्क कर्मी विनिता सुनारले गरेको कुराकानी :

१) युआरएल सातौ वर्षमा लाग्यो सेवा सुविधामा के कति  बिस्तार गर्नुभएको छ ?

बिरामीको उपचार समयमा गर्नको लागि सहयोग पुग्ने हेतुले हामीले युआरएलको स्थापना गरेका हौं । हिजो जटिल प्रकारका परीक्षण गर्न काठामाडौँ वा विदेशै जानुपर्ने बाध्यता थियो । युआरएलको स्थापनासँगै त्यो बाध्यताको अन्त्य भएको छ । जुनकारण आज हामीले पोखरामा मात्र नभएर नेपालकै अन्य ल्याबरेटरीमा सम्भव नभएका भनिएका परीक्षणहरु पनि युआरएलबाट गर्दै आएका छौं । नेपालमै पहिलो पटक पोखराबाट हृदयघात सम्बन्धि एन्टि प्रोबिएनपी, थाइराइड सम्बन्धि टीएसएचआर, फोक्सो सम्बन्धि साइप्रा २९.९ जस्ता जटिल परीक्षणहरु पनि युआरएलले गरेको छ । जबसम्म हामीले बिरामीलाई के उपचार गर्ने, कुन औषधी खाने भन्ने कुरामा सचेत गराउदैनौं तबसम्म बिरामी निको हुँदैनन् । बिरामीलाई कुन रोग लागेको छ, कुन उपचार तर्फ जाने र यो रोगको लागि कुन चिकित्सक उपयुक्त हुन्छ भनेर बाटो देखाउने काम ल्याबरेटरीको नै हो ।

२) पछिल्लो समय पोखरामा थुप्रै ल्याबहरु स्थापना भएका छन् । अन्यको तुलनामा युआरएल के कारणले फरक छ ?

अन्य ल्याब र युआरएल दुवै ल्याबले परीक्षण नै गर्ने हो । तर हाम्रो ल्याबबाट गरिने उपचार पद्धति विश्वसनीय छ । हामीले संसारकै सर्बाेत्कृष्ट प्रविधि एवम् उच्चस्तरीय जनशक्तिको मद्दतबाट रक्त परीक्षण गर्दै आएको हुनाले ९९.९ प्रतिशत रिपोर्टमा विश्वासनीय दिन सकेका छौं । प्राविधिक कर्मचारीलाई समय–समयमा सम्बन्धित विषयका विज्ञहरु ल्याई तालिम दिँदै आएका छौं । यस्तै व्यवस्थापन सफ्टवयर मार्फत सञ्चालन गरिरहेका छौं । यसैगरी अन्य कुनै प्राविधिक तथा चिकित्सकहरुले बिरामीको परीक्षण कस्तो तरिकाबाट आएको छ भन्ने जानकारी समेत प्रविधिमार्फत हामीले देखाउन सक्छौं । जसकारण हामीले प्रयोग गर्ने प्रविधिबाट परीक्षणमा निकै कम त्रुटी देखिएको छ ।

३) युआरएलप्रति बिरामीहरुको प्रतिक्रया कस्तो छ ?

हालसम्म हामीले साढे दुई लाख बिरामीलाई सेवा दिइसकेका छौं । ७८ वटा हेल्थ क्याम्प गर्दा साढे तीन सय संघसस्थासँग हामीले सहकार्य गरेका छौं । जसबाट ५८ हजार २ सय जनालाई हामीले निःशुल्क सेवा दिईसकेका छौं । जसअन्तर्गत थाइराइड, कोलेस्टोरल, जण्डीस लगायत विभिन्न रोगहरुको रक्त परीक्षण गरेका थियौं । त्यतिमात्र नभई हेल्थ क्यामको दिनमा रोगसँग सम्बन्धि बिशेषज्ञद्वारा सचेतना पनि दिँदै आएका छौं । रोगका लक्षण, उपचारका पद्दति, खानपिनका बारेमा परामर्श दिँदै आएका छौं । युआरएलले झण्डै ९० प्रतिशत बिरामीको राम्रो प्रतिक्रया पाएको छ । यहाँ परीक्षण गरिएको रिपोर्टको क्वालिटीमा कुनै पनि सम्झौता गर्नु पर्दैन । युआरएलमा आउने बिरामीहरुले सहज वातावरणमा छिटो र सुविधायुक्त तरिकाले पाएका छन् । हामीले दिन सुविधामा पनि बिरामीको राम्रो प्रतिक्रया पाएका छौं । पोखरामा नभएका बिशेषज्ञहरुलाई काठमाडौंबाट ल्याएर भएपनि सेवा थप गर्नुपर्छ भन्ने बिरामीहरुको माग छ ।

४) युआरएल विश्वसनीय छ भन्नुभएको छ, तर काठमाण्डौ नगई युआरएलमा आउने बिरामीलाई सन्तुष्ट पार्नु भएको छ त ?

परीक्षण प्रबिधि मात्र राम्रो भएर हुँदैन । उपचार गर्ने जनशक्ति पनि राम्रो हुनुपर्छ । सीटी–स्क्यान, एक्सरे, अल्ट्रासाउण्ड बिषयका बिशेषज्ञ डाक्टरहरु पोखरमै हुनुहुन्छ । अहिले उपचारका क्रममा गरिने अनुसन्धानका अन्य पार्टहरु पनि जोडिएका छन् । युआरएलमा सामान्यता थाइराइड, मुटु, क्यान्सर सम्बन्धि बिरामीहरु सेवा लिन आउँछन् । त्यसकारण मलाई लाग्छ काठमाडौंमा हुने उपचार अब पोखरामा पनि गर्न सकिन्छ । अबका १ दुई बर्षमा काठमाडौँ दिइने सेवा–सुविधा पूर्ण रुपमा पोखरामा पनि पाइनेछ भन्ने कुरामा हामी ढुक्क भए हुन्छ ।

५) युआरएलमा कुन–कुन ठाउँबाट परीक्षणका लागि स्याम्पल आउने गर्छ ?

हाम्रोमा झण्डै सय भन्दा बढी ठाउँबाट आउँछ । त्यसमध्ये हस्पिटल, पोलीक्लीनीक एवम् ल्याबहरुमा सम्भव नभएका परीक्षणका स्याम्पल युआरएलमा नै आउने गर्छ । त्यसलाई हामीले परीक्षण गरी रिपोर्ट मेल या कर्मचारीको साहयतामा सम्बन्धित ठाउँमा पठाउँदै आएका छौं । दिनमा लगभग प्रत्यक्ष र अप्रत्यक्ष करिब २ सय जनाको हाराहारीमा बिरामी आउँछन् । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ८ वटा जिल्लाबाट परीक्षणका लागि बिरामी तथा स्याम्पल युआरएलमा आउने गरेका छन् । तथ्यांकमा हेर्दा १ सय २० वटा संघ–संस्थाबाट त्यहाँ सम्भव नभएका रगतका नमुनाहरु संकलन गरेर युआरएलमा आइरहेको छ । यसमध्ये हामीले बाग्लुङ, दमौली, दुलेगौँडा, लेखनाथमा हामीले शाखा सञ्चालन गरेका छौं । सामान्य जाँच गरेर सम्भव नभएका परीक्षणहरु पनि युआरएलमा नै आउने गर्छ ।

६) कस्तो अवस्थाको बिरामीले युआरएलबाट सेवा लिन सक्छ ?

युआरएलले रगत, पिसाब, पेटको हरेक भागसँग सम्बन्धित सबै परीक्षण गर्छ । युआरएलमा तीन प्रकारका बिरामीहरु सेवा लिन आउँछन् । एक, पोखरामा भएका हस्पिटल एवम् क्लिनिकका ल्याबहरुमा सम्भव नभएका । अर्काे सेवाग्राही स्वयम् युआरएलमा आएर विभिन्न परीक्षण गर्दछन् । तेस्रो विरामी कुनै ल्याबबाट आएको रोपोर्टमा चित्त नबुझेको खण्डमा युआरएलमा आएर थप परीक्षण गराउने गर्दछन् ।

७) निम्न आय भएका सेवाग्राहीको लागि के–कस्तो सुविधा दिँदै आएको छ ?

वडा र हस्पिटलले गरेको सिफारिसको आधारमा पनि धेरै बिरामीहरुले यहाँबाट सेवा लिइराख्नु भएको छ । युआरएललमा आएर सेवा लिन गाह्रो हुने असुविधालाई मध्येनजर गर्दै हामीले विभिन्न रोगको बारेमा प्रत्येक महिना हेल्थ क्याम्पको आयोजना गरिरहेका छौं । जहाँ रोगको बारेमा बिशेषज्ञहरु बाटै परामर्श दिईन्छ ।

प्रस्तुति : विनिता सुनार / परिचय नेटवर्क

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?