NTHMC

लकडाउन बढाएसँगै भोकले मर्ने भैयो भन्दै काठमाडौंमा ट्याक्सी व्यवसायीहरु प्रदर्शनमा

प्रहरीले तीन सय ट्याक्सीलाई लियो नियन्त्रणमा

पोखरा / 

सरकारले सोमबार साँझ जारी खुकुलो लकडाउन साउन ७ गतेसम्म बढाउने निर्णय गरेसँगै काठमाडौंका ट्याक्सी व्यवसायीहरु मंगलबार बिहानबाटै आन्दोलनमा उत्रिएका छन् । उनीहरु ‘रोगले होइनभोकले मर्ने भइयो सरकार, घरबेटी कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोक्दै आन्दोलनमा उत्रिएका हुन् ।

roma
parichay

नयाँबानेश्वर—तीनकुने सडकण्डको किनारमा ट्याक्सी पार्क गरेर शान्तिपूर्ण प्रदर्शन गर्दै गर्दा प्रहरीले ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । नियममा बाँधिएकाले ट्याक्सीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी गराए । उनले भने,‘माथिबाट सार्वजनिक साधन चलाउन नदिने अर्डर छ , त्यसैले होल्ड गरेका हौ । साँझ सबै टयाक्सीलाई छाडिने छ ।

ICAS

यता, आन्दोलित टयाक्सी व्यवसायीहरुले ‘निजी सवारीसाधन र एम्बुलेन्समा भाडा मान्छे चढाउन हुने, हामीले आफ्नो माग पनि राख्न नपाउने ?’ भन्दै सरकारलाई प्रशन गरेका छन् । प्रदर्शनमा निस्किएका टयाक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको उनीहरुको आरोप छ । उक्त समाचार अनलाइनखबरमा प्रकाशित गरिएको छ ।

pokhara internet
Comments
Loading...