ICAS
Rara

पुस्तकमा कर लगाउनु, सरकारको अधिनायकवादी हर्कत

गत वर्ष नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने पुस्तकमा १० प्रतिशत भन्सार करलगाउने घोषणा गरे।

नेपालकै बौद्धिक व्यक्तीका रूपमा परिचित खतिवडाको यस्तो घोषणाले आम जनता आश्चर्यमा परे। लगत्तै बौद्धिक तथा विद्यार्थीवर्गले यो घोषणा फिर्ता गर्नुपर्ने भन्दै चौतर्फि विरोध गरे।

विरोध हुदाँ पनि सरकार आफ्नो घोषणा फिर्ता लिने मनसायमा छैन। एकातर्फ विदेशी पुस्तक आयातमा कम हुदैद्दँ गएको छ। भने केही पुस्तक स्टकमा रहेकाले तिनै पुस्तकलाई फोटोकपि गरेर बेच्न थालिएको प्रकाशकहरूले खुलेर बोल्न थालेका छन्।

उच्च शिक्षाको पाठ्यक्रमकै पनि कतिपय पुस्तक विदेशबाट आउनु पर्ने नेपालको अवस्था छ। सरकारले पुस्तकमा लगाइदिएको करका कारण आफूहरू थप मारमा परेको विद्यार्थीहरूको गुनासो रहेको छ।

प्रधानमन्त्री आफू नै कुलपति रहेको त्रिभूवन विश्वविद्यालयले पुस्तकमा लगाइएको कर फिर्ता गर्न आव्हान गरेको छ। विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्तकमाथि लगाइएको करले शिक्षक र विद्यार्थीलाई असर गर्ने भन्दै पत्र लेखेका छन्।

parichay

बाँस्कोटाले फागुन २ गते प्रधानमन्त्री ओलीलाई पत्र लेखेका हुन्।  कर थप गर्दा विद्यार्थी मारमा परेको बताएका छन्।

‘विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित केही पुस्तकहरू मात्र नेपालमा पाइने र अन्य किताबका लागि विद्यार्थी र शिक्षक विदेशमा प्रकाशित हुने पुस्तकमा भरपर्नुपर्ने बाध्यता रहेको भन्दै उपकुलपति बास्कोटाले पुस्तकमा कर लगाउने विषयमा पुनरावलोकन गर्न अनुरोध गरेका छन्।

जनताले पढ्न पाउने अधिकारमाथी सरकारले अंकुश लगाएको विद्यार्थीहरू बताएका छन्। कर फिर्ता गर्न देशभ आन्दोलन सुरु भएको छ। काठमाडौं, पोखरा लगायत देशका विभिन्न शहरमा स्वतन्त्र विद्यार्थीले सरकारको यो कदमलाई खुलेर विरोध गरिरहेका छन्। तर राजनितिक पार्टी निकट विद्यार्थी संगठन भने यो कुरामा मौन रहेका छन्।

नेपाल विद्यार्थी संघका सभापति राजीव ढुङ्गानाले पुस्तकमाथी कर लगाउनु सरकारको अधिनायकवादी हर्क रहेको बताए। ‘हामी निरन्तर यसको विपक्षमा छौं। रकारले कर फिर्ता नलिए आन्दोलन सुरु गर्छौ’, उनले भने।

यस्तै नेकपा निकट अनेरास्ववियुका  अध्यक्ष ऐन महरले पुस्तकमा भन्सार कर लिनु अन्तराष्ट्रिय मान्यता विपरित रहेको ठोकुवा गरेका छन्। ‘सरकारले कर फिर्ता गर्ने कुरामा आपुहरू ढुक्क रहेका छौं। नगरे आन्दोलन त गर्छौ’, उनले भने।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?