ICAS
Rara

तनहूँमा बस दुर्घटना, गोरखाकी शर्मिलाको मृत्यु

तनहूँ/

तनहुँको व्यासनगरपालिका–१२ कमलबारी स्थित पृथ्वीराजमार्ग सडकमा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

parichay

बस दुर्घटनामा परि मृत्यु हुनेमा गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १८ घर भई हाल शुक्लागण्डकी नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी २५ बर्षीय शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाको डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ९४०० नम्बरको बस आफै अनियन्त्रित भई सडकको बायाँ पट्टि नालामा पल्टिदा ठकुरीको थिचिएर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिबराज क्षेत्रीले जानकारी दिए । घट्नापश्चात बसका चालक फरार रहेकोले खोजी कार्य जारी रहेको उनाँले बताए । मृतकको शव अहिले दमौली अस्पतालमा राखिएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?