Parichay add

सामाजिक समस्याको रूपमा आत्महत्या र मनोसामाजिक प्राथमिक उपचार सेवा

सूर्य प्रसाद ढकाल

पोखरा / 

roma

आत्महत्या पछिल्लो समयमा विश्वको प्रमुख जन स्वास्थ्य समस्याको रूपमा देखिदै आएको छ । यो सामाजिक समस्याको साथै स्वास्थ्य समस्याको रूपमा पनि आएको छ । मानसिक स्वास्थ्यको हिसाबले विस्तारै प्रमुख समस्याको रूपमा देखिन सक्ने भएको छ । विश्वमा मृत्यु हुने प्रति एक लाखमा ११.४ जनाको मृत्यु आत्महत्याबाट भएको छ । विश्वमा मृत्युका १५ कारण भित्र आत्महत्या पनि परेको अवस्था छ । विश्वमा आत्महत्या गर्नेमा मध्यम वर्गिय र न्यून वर्गीय बढी परेको अवस्था छ ।

ICAS

विश्वमा आत्महत्या गर्नेमा मध्यम वर्गिय र गरीब तथा न्यून वर्गिय मानिसहरू बढी देखिन्छन् । नेपालमा पनि आत्महत्याको दर बढ्दो छ । नेपालमा १५ देखि ४९ वर्ष सम्मका महिलाहरूको मृत्यु हुनेमा मुख्य कारण आत्महत्या प्रमुख भएको देखिन्छ । मानसिक स्वास्थ्य समस्या नै आत्महत्याको प्रमुख कारण बन्न पुगेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पाँच हजार भन्दा बढी मानिसले प्रति वर्ष नेपालमा आत्महत्या गर्दछन् । आ.व. २०७६/०७७ मा ६२७९ जनाले आत्महत्या गरेको तथ्याङ्क दर्ता भएका थिए । सामाजिक तथा अन्य कारण कयौं आत्महत्याको घटना जानकारी मै आउँदैन । आ.व. २०७५/०७६ को आत्महत्या गर्नेको संख्या ५७५४ जना थियो । यो आधारलाई हेर्दा नेपालमा प्रति वर्ष ९.१२% ले आत्महत्याका घटनामा वृद्धि भएको छ । विश्वमा दैनिक सरदरमा १७ जनाको आत्महत्याको कारण मृत्यु हुने गरेको छ । एकातिर ९०% मानिस मासिक स्वास्थ्य सेवाको पहुँचमा छैनन् भने अर्कोतिर नेपाल सरकारले कूल स्वास्थ्य बजेटको १ प्रतिशत मात्र मानसिक स्वास्थ्य क्षेत्रमा लगाएको छ । त्यस्तै मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न नेपालमा पर्याप्त दक्ष जनशक्तिको अभाव छ, स्वास्थ्य सेवाको पूर्वाधारको कमि छ । अनि गुणस्तरीय सेवा प्रदानमा समस्या छ ।

विश्वमा दैनिक सरदरमा १७ जनाको आत्महत्याको कारण मृत्यु हुने गरेको छ । एकातिर ९०% मानिस मासिक स्वास्थ्य सेवाको पहुँचमा छैनन् भने अर्कोतिर नेपाल सरकारले कूल स्वास्थ्य बजेटको १ प्रतिशत मात्र मानसिक स्वास्थ्य क्षेत्रमा लगाएको छ ।

आत्महत्या हुनुका मुख्य कारणहरूमा विभिन्न विपद् र महामारीबाट सृजना हुने अवस्था, व्यक्तिगत समस्या, दिर्घरोगको समस्या, लैङ्गिक विभेद र हिंसा, उमेर र स्वास्थ्य पौंचको अवस्था, शरणार्थी समस्या, धर्म र संस्कृतिको कारण र गरिबी तथा आर्थिक अभाव हुन सक्दछन् । पछिल्लो समय विगत ६ महिना देखि विश्व समुदायमा कोरोना भाइरस (कोभिड–१९) को कारण बन्दाबन्दी भएको छ । यसको कारण मानिसको जागिर गएको छ । बालबालिकाको पठन–पाठन रोकिएको छ । उनीहरू खुल्ला रूपमा साथी–संगत भेट्ने, खेल्ने गर्न पाएका छैनन् । मानिसहरूको खानेकुरा सिद्धिदै गएको, गरिबी बढेको छ । विरामी हुँदा उपचारमा समस्या भएको छ । फलस्वरूप आत्महत्याका समस्या बढ्न गएका छन् । नेपालमा १५ देखि ४९ वर्ष समूहका महिलामा आत्महत्या मृत्युको प्रमुख कारण हो भने विश्वमा यो समूह दोस्रो स्थानमा पर्दछ । बन्दाबन्दीको सुरुको ३ महिनामा नेपालमा १४९८ जनाले आत्महत्या गरे, यस हिसावले १६.६ जना दैनिक पर्न आउँदछन्, यो तथ्याङ्क भित्र १७२ जना बालबालिका समेत परेका थिए । तर बन्दाबन्दी समय भन्दा अगाडि दैनिक १५.८ जनाको आत्महत्या हुने गरेको थियो । यसरी दैनिक आत्महत्याको घटना बढ्दै गएकोले आत्महत्या रोकथाम र न्यूनीकरणमा कार्यक्रम तथा गतिविधिको आवश्यकता रहेको छ ।

आत्महत्यालाई निरुत्साहित गर्न र आत्महत्या विरुद्ध रोकथामका अभियान चलाउन, सचेतना अभिवृद्धि गर्न सन् २००३ देखि अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाउन थालिएको हो । त्यसैले यो दिवस मनाउँदै गर्दा सचेतना बढाउनु आवश्यक छ, आत्महत्या रोकथामका शिक्षा सन्देशलाई सहज रूपमा आदान प्रदान गरी सहज पौंचमा वृद्धि गर्नु छ । विभिन्न द्वन्द्व, विपद् र महामारीबाट आइ पर्ने समस्याको असर कम गर्न कदम चाल्नु पर्ने पूर्व तयारी हुनु पर्ने हुन्छ । सामाजिक विकृति र विसंगतीहरू कम गर्नु पर्ने हुन्छ । घृणा, तिरस्कार र हेय भाव घटाउनु पर्दछ । मनोसामाजिक प्राथमिक उपचार सेवामा वृद्धि गर्नु पर्दछ, मनोविमर्ष सेवा, परामर्श सेवा वृद्धि गरिनु पर्दछ । जसको कारण समस्यामा रहेका मानिसले विकल्पहरू फेला पारी आत्महत्याबाट बचाउन सकिन्छ ।

नेपालमा १५ देखि ४९ वर्ष समूहका महिलामा आत्महत्या मृत्युको प्रमुख कारण हो भने विश्वमा यो समूह दोस्रो स्थानमा पर्दछ । बन्दाबन्दीको सुरुको ३ महिनामा नेपालमा १४९८ जनाले आत्महत्या गरे, यस हिसावले १६.६ जना दैनिक पर्न आउँदछन्, यो तथ्याङ्क भित्र १७२ जना बालबालिका समेत परेका थिए । तर बन्दाबन्दी समय भन्दा अगाडि दैनिक १५.८ जनाको आत्महत्या हुने गरेको थियो ।

हरेक मानिसमा कुनै न कुनै कारण धेरै थोरै तनाव रहेको हुन्छ । जब तनाव बढ्दै जान्छ, त्यसले समस्याको रूपमा परिणत हुन सक्दछ । फलस्वरूप मानिसले विकल्प नदेखि आत्महत्याको प्रयासमा जोडिसक्दछ । त्यस्तो समयमा मनोभावना बुझेर परामर्श सेवा प्रदान गर्दा, मनोसामाजिक प्राथमिक उपचार दिँदा उसको जीवनको गोरेटो नै फरक पर्न सकिन्छ । मानिसले जीउनका लागि विकल्प देख्न सक्दछ । मनोसामाजिक पक्ष भनेको मानिसको व्यवहारसँग सम्बन्धित हुन्छ । समाजमा अरुको कुरा र आफ्नै मनका व्यथाबाट मानिसका व्यवहारमा फरक पर्न सक्दछ । राम्रो व्यवहारमा कमि भई नराम्रा खराव व्यवहारमा वृद्धि हुन सक्दछ । मानिसमा आउने फरक फरक व्यवहारको समग्र पक्षले सृजना गरेको तनावबाट मानिसलाई आफ्नो जीवनको विकल्प नदेखि मृत्यु सम्मका कुरा देख्न सक्दछ । मानिस आफ्नो जीवनका भोगाई र गराईबाट दुःखी भएको मनलाई बुझाउन नसक्दाको एउटा परिमाण आत्महत्या देखिन सक्दछ । मानिसको मनमा दुःखाई भएपछि मनले कुरा खेलाउने, सोच्ने, विभिन्न आन्तरिक विचार मथलिने हुन सक्दछ । त्यस्तो बेला आफ्नै मनले आफूलाई निर्देशन दिन सक्दछ । त्यस्तो अवस्थामा उसले स्मरण शक्ति गुमाउन सक्दछ । सोच्ने र सम्झने अवस्थाको होस् गुमाउन सक्दछ, अनि गलत निर्णयमा पुग्न सक्दछ, त्यस्तो बेला असल, बुझ्ने र उनीहरूले कुरा बिर्साउन सक्ने वातावरणको खाँचो महसुस हुन्छ । त्यस्तो व्यक्तिको भावना बुझ्न सक्ने व्यक्तिको खाँचो हुन्छ । उसका दुःख सुखमा साथ दिने मानिसको आवश्यकता हुन्छ । उनीहरूको राम्रा नराम्रा उत्साह र विचारमा खेल्न सक्ने परिस्थिति अनुसार काम गर्न सक्ने मनोविज्ञको आवश्यकता हुन्छ । व्यक्तिको मनले आफू भित्र र आफू बाहिरका परिस्थितिसँग अन्तरक्रिया गरेको हुन्छ । त्यसको प्रभाव, असर र छाप मानिसको जिवनमा देखिन सक्दछ । यस्ता प्रभाव बालबालिका, जेष्ठ नागरिक, किशोरीहरू, अपाङ्गता भएका मानिस, एकल महिला, दिर्घ रोगी, गरीब तथा पिछडा वर्गहरूमा अरुमा भन्दा बढीमा पर्न सक्दछ ।

हरेक मानिसलाई सुरक्षाको अनुभूति दिलाउन सक्नु पर्दछ । आशा र विश्वासको भावना जगाउन सक्नु पर्दछ । हामीले प्रदान गरेको सामान्य मनोसामाजिक प्राथमिक उपचार सेवाले व्यक्तिमा परेको आघातलाई सामान्य बनाउन सहयोग गर्दछ । मानिसको प्रवृति जहिले पनि दुःखलाई बढी सम्झाउने हुन्छ । दुःखको बेलाको सानो सहयोग पनि बढी महत्वपूर्ण हुन्छ ।

आज कोरोना भाइरसको कारण विश्व समुदाय लामो समयसम्म बन्दाबन्दीमा रह्यो । फलस्वस्प बालबालिका पढ्न नपाएर चिन्तित छन् । घरबाट बाहिर निस्कन नपाउने, खेल्न नपाउने, आफन्त र साथीसंगत भेट्न नपाउने हुँदा तनावमा छन् । त्यस्तै वयस्कहरू जागिर गुमेर, खानेकुरा जुटाउन नसकेर, आर्थिक गर्जो टार्न नसकेर पीडामा छन् । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, सुत्केरी र बिरामी दिर्घ रोगीहरूको पनि आ–आफ्नै समस्या रहेको छ । यस्ता सबै परिस्थितिबाट भएको तनावले मानिसलाई बाँच्नुका विकल्प दिन नसकेको महसुस भएमा मानिस आत्महत्यामा पुग्न सक्दछ । त्यस्तो परिस्थितिमा हामीले मनोसामाजिक प्राथमिक उपचार सेवा, परामर्श सेवा समुदाय सम्म विस्तार गर्नै पर्ने हुन्छ । हरेक मानिसलाई सुरक्षाको अनुभूति दिलाउन सक्नु पर्दछ । आशा र विश्वासको भावना जगाउन सक्नु पर्दछ । हामीले प्रदान गरेको सामान्य मनोसामाजिक प्राथमिक उपचार सेवाले व्यक्तिमा परेको आघातलाई सामान्य बनाउन सहयोग गर्दछ । मानिसको प्रवृति जहिले पनि दुःखलाई बढी सम्झाउने हुन्छ । दुःखको बेलाको सानो सहयोग पनि बढी महत्वपूर्ण हुन्छ । तनाव घटाउन साथ–संगतले सहयोगी हुन्छ । यदि तनावलाई समयमा घटाउन सकिएन भने आघातमा पुग्छ, त्यो बढी खतरनाक हुन्छ । आघातका पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । पहिलो र दोस्रो चरणमा नै सहयोग पु¥याउन सकेमा मानिसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ । यदि तेस्रो चरणमा पुगेमा कित ऊ आत्महत्या गर्दछ कित ऊ मानसिक पीडामा पस्दछ अनि मानसिक रोगी बन्न सक्दछ । तेस्रो अवस्थामा मानिसको तनाव वा आघात पुगेमा मनोचिकित्सकको साथ समयको उपचार सेवा, परामर्श सेवा र औषधि सेवनको आवश्यकता हुन्छ ।

मनोसामाजिक प्राथमिक उपचार सेवामा हेराई, सुनाई र जोडाई महत्वपूर्ण हुन्छन् । हेर्नु भनेको विश्लेषण गर्नु हो, सुन्नु भनेको प्रभावित व्यक्तिका कुरा राम्रोसँग सुन्ने र बुझ्ने गर्नु पर्दछ भने उसको मनसँग आफ्नो मन जोडेर कुरा गर्न सक्नु पर्दछ ।

अझै कोभिड–१९ भाइरसको असरबाट सृजना भएको परिस्थितिबाट उत्पन्न अवस्थामा हुने मनोसामाजिक प्रथामिक उपचार सेवा प्रदानमा अरु आवश्यक सीपको साथै थप महत्वपूर्ण हुनेछ । मनोसामाजिक प्राथमिक उपचार सेवा मानिसको मनको आघात, चोट, पीडा कम गर्न व्यक्तिको मस्तिष्कको असहज अवस्थालाई कम गर्न गरिने प्राथमिक उपचार सेवा हो । आकस्मिक अवस्थामा गरिने मनोसामाजिक सहयोगका निश्चित प्रकृया र सिद्धान्तहरू हुन्छन् । मनोसामाजिक प्राथमिक उपचार प्रदान गर्दा सुरक्षाका उपाय अपनाउदै व्यक्तिको सम्मानलाई ख्याल गरी उसका अधिकारसँग जोडिनु पर्दछ । यस्तो बेलामा एउटा शारीरिक, सामाजिक दुरी कायम गरी सुरक्षा उपाय अपनाएर प्रत्यक्ष भेटेर पनि दिन सकिन्छ । टेलिफोन वार्ता, भिडियो कल गरेर पनि सेवा प्रदान गर्न सकिन्छ अनि एस.एम.एस. वा अन्य वैकल्पिक प्रविधि प्रयोग गरेर पनि मनोसामाजिक प्राथमिक उपचार सेवा प्रदान गर्न सकिन्छ । मनोसामाजिक प्राथमिक उपचार सेवामा हेराई, सुनाई र जोडाई महत्वपूर्ण हुन्छन् । हेर्नु भनेको विश्लेषण गर्नु हो, सुन्नु भनेको प्रभावित व्यक्तिका कुरा राम्रोसँग सुन्ने र बुझ्ने गर्नु पर्दछ भने उसको मनसँग आफ्नो मन जोडेर कुरा गर्न सक्नु पर्दछ । यो तीनवटा सीपहरू हेर्नुहोस्, सुन्नुहोसु् र जोड्नुहोस् मनोसामाजिक विमर्श सेवामा महत्वपूर्ण गुण र सीप हुनु ।

नेपाल रेडक्रस सोसाइटीले सबै विपद्को समयका साथसाथै विभिन्न महामारी र दैनिक जनजिवनका घटनाहरूमा आवश्यक मनोसामाजिक प्राथमिक् उपचार सेवा प्रदान गर्न सुरु देखि नै आधारभुत प्राथमिक उपचार तालिमको पाठ्यक्रममा विषयवस्तु राखेर स्वयंसेवक तयार गरेको थियो भने यसका छुट्ट्रै थप ज्ञान, सीपहरू पनि प्रदान गरी मनोसामाजिक प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ । अझै आत्महत्या कम गर्न पनि यस प्रकारको सेवाले सहयोग प्रदान गर्नेछ ।

(लेखक : नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारका केन्द्रीय प्रशिक्षकको साथै गण्डकी प्रदेश रेडक्रसका अध्यक्ष हुन्)

pokhara internet
Comments
Loading...