NMB Bank

बेनीमा भिटेन क्रेज, प्रकाशको गलबन्दीलाई माया

पोखरा । नेपाली संगीत आकाशमा पछिल्लो समय चर्चामा रहेको नाम हो समिर घिसिङ “भिटेन” । ¥यापरको रुपमा आफुलाई परिचित गराउन सफल “भिटेन” का थुप्रै गीत चर्चामा छन । “भिटेन” जहाँ पुग्छन त्यहाँ दर्शकको अत्याधिक माया पाएका छन । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको सुरताल म्युजिकल टुर —२०७६ मा पनि भिटेनको क्रेज राम्रो छ ।
आइतबार साँझ बेनीमा आयोजना गरिएको उक्त कार्यक्रममा पनि भिटेनको क्रेज उल्लेखिय थियो । बेनीका टिनेजरहरु उनका गीतमा झुमे । ‘सिमसिमे पानी’, ‘हामी यस्तै त हो नी ब्रो’ लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शकले पनि सँगसँगै गाएका थिए ।
भिटेन छोटो समयमा चर्चामा आएका हुन । उनका गीतमा देशमा भएका विकार तत्वहरुको विरोधाभास विषयलाई प्रस्तुत गरिएको हुन्छ । माया प्रेमका शब्दले पनि उनको गीतमा ठाँउ पाउछन । बेनीमा जब उदघोषकले अब आउदैहुनुहुन्छ भिटेन भने त्यहाँको माहोलनै हेर्ने लाएक थियो ।
यस्तै, अर्का चर्चाका गायक प्रकाश सपुतले पनि दर्शक झुमाए । उनको गलबन्दीको न्यानो माया सबैलाई मिल्यो । प्रकाशको ब्याटलमा झुम्नेहरुको संख्या पनि उल्लेखियनै थियो । नेपाल आइडल दोस्रो संस्करणका उपविजेता बिक्रम बराल पनि आफ्नो ब्याण्ड सहित सुरताल म्युजिकल टुरमा प्रस्तुत भए । नेपाल आइसको प्रस्तुतीमा इभरजीन युवा क्लब बेनी म्याग्दीले आयोजना गरेको कार्यक्रममा आरके स्क्वायर ब्याण्ड सहित गायक सन्तोष बस्यालले पनि प्रस्तुती दिएका थिए ।
बेनीको स्थानिय ब्याण्ड कालरात्री ब्याण्डको प्रस्तुतीमा पनि दर्शक रमाए । पोखरा अमरसिंह चौर बाट यात्रा सुरु गरेको सुरताल म्युजिकल टुर पर्वत र बेनीमा भइसकेको छ । अब दुलेगौडा तनहुँमा असोज ११ गते, स्याङजा वालिङमा असोज १७ गते, गोरखामा असोज १९ गते, नारायणगढ चितवनमा कार्तिक १ गते, हेटौडामा कार्तिक २ गते र लम्जुङमा कार्तिक १९ गते कार्यक्रम गरिने संयोजक प्रशान्त सुनारले बताए ।
सुरताल म्युजिकल टुरको इभेण्ट अर्गनाइजरको रुपमा पुष्पाञ्जली इभेण्ट म्यानेजमेण्ट प्राली रहेको छ ।

तस्विर/प्रेम थापा परिचय नेटवर्क

 

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?