ICAS
Rara

संगीतले जुराएको जोडी

सन्तोष बस्याल

पोखरा /

govnotice

कन्दरा ब्याण्डका सुनिल थापा र अजुदा थापाको पहिलो भेट संगीत सिक्नेक्रममा भयोे । महेन्द्रपुलमा त्यतिबेला लाक्पा लामा संगीत प्रशिक्षण गराउँथे । दुवै संगीतका पारखी । एउटा बाद्यबाधन तर्फ अर्को गायन । गायन र बाद्यबाधनको सुरताल आज सम्म स्थिर छ ।

भर्खरै एसएलसी दिएर ३ महिनाको विधा मनाउन दार्जलिङबाट पोखरा आएकी थिइन् अजुदा । त्यसपछि यतै उनको स्थाइ बसोबास भयो ।

महेन्द्रपुलमा अवस्थित ओपन हाउस रेष्टुरेन्टमा उनी गाउने गर्थिन । अहिले पनि गाउँछिन् । सुनिल बजाउने । मुख फुर्थेन तर आँखाको इशारामै गफ हुन्थ्यो । दुवैले दुवैलाई मन पराउँथे तर भन्न डराउँथे ।

एकदिन काम गर्ने शिलशिलामा अजुदाले केही भनिन् । जुन कुराले सुनिल रिसाए । पहिल्यैबाट कम बोल्ने स्वभावका सुनिल अजुदासँग केही दिन बोल्दै बोलेनन् । अजुदालाई नराम्रो लाग्यो । उनीहरुसँगै काम गर्ने एक जना नाम ठ्याक्कै अजुदाले पनि बिर्सिन् । उनले अजुदा सुनिललाई फेरी मिलाए ।

parichay

अजुदा भन्छिन्,‘उहाँले मलाई मन पराउँछु यताउती केही भन्नुहुन्थेन । छड्के इशारामै कुराकानी हुन्थ्यो ।’

त्यतिबेला अजुदा न्युरोडमा बस्थिन् । २०५४ सालको होलीको समय थियो । जस्ले उनीहरुलाई रिसाउँदा मिलाए उनैको घरमा होली खेल्ने क्रममा अजुदा सुनिल पुगे । होलीलेनै उनीहरुको प्रेम सम्बन्धलाई रंगायो । भयो के भने सुनिलले अजुदालाई प्रेम प्रस्ताव राखे ।

भित्रभित्रै अजुदा पनि सुनिललाई मन पराउँथिन् । उनले स्विकार नगर्ने कुरै भएन । फागुनमा प्रस्ताव गरेको प्रेमले असारमा करिब ४ महिनाको अन्तरालमा विवाहको रुप लियो । विवाह गर्दा सुनिलको परिवारलाई जानकारी भए पनि अजुदाको परिवारलाई जानकारी थिएन । उनीहरुको अन्तरजातिय विवाह भएको हो ।

सुनिलको गम्भिरताले अजुदालाई आकर्षित गरायो । भन्छिन्,‘उहाँ सोझो लाग्थ्यो त्यही भएर मन पर्यो ।’

त्यतिबेला उनीहरु बिच उपहार आदानप्रदान समेत भयो । सुनिलले अजुदालाई कुर्थासुरवाल दिएका थिए भने अजुदाले पर्स दिएकी थिइन् । उनीहरु वैवाहिक सम्बन्धमा गाँसिएको २१ वर्ष पुग्यो ।

दुवैको स्वभावले प्रेम सम्बन्ध टिकाउने अजुदाको बुझाइ छ । एकले अर्कोलाई बुझ्न सके मात्र सम्बन्ध दिगो रहने उनी बताउँछिन् । सानो मनमुटावलाइ ठूलो बनाउँदा सम्बन्धमा खटपट हुने हुन्छ । प्रेम एकअर्काप्रतिको विश्वास भएको उनले उल्लेख गरिन् ।

pokhara internet
Comments
Loading...