NTHMC

सुगम पोखरेलको आक्रोश : कार्यक्रमको पारिश्रमिक नपाए कानुनी उपचार गर्ने चेतावनी

पोखरा /

गायक सुगम पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत गएको वर्ष देशविदेशमा गरेका केही कार्यक्रमको पाउँन बाँकी पारिश्रमिक नपाएको भन्दै गुनासो पोखेका छन् । उनले आफ्नै फेसबुक मार्फत आक्रोश व्यक्त गरेका हुन् ।

roma
parichay

सुगमले लेखका छन्, ‘ अति भयो त्यसैले लेख्न बाध्य भए । गएको वर्ष देश अनि विदेशमा गरेका केही कार्यक्रमको पाउँन बाँकी पारिश्रमिक, आयोजक साथीभाइहरुले झुलाइरहेको महशुस भयो । त्यसैले २४ घन्टा भित्र यसको उचित समाधान नभएमा तपाईको सुन्दर तस्बिर सहित नाम सार्वजनिक गर्ने छु । मेरो सहनशिलतालाई कमजोरी ठान्ने भुल गर्नु भयो कि यहाँहरुले जस्तो लाग्यो । त्यसैले सम्झौता—पत्र र प्रमाण अनुसार कानुनी उपचारको बाटो त छदैछ ।’

ICAS

उनले कोरोना या अरु केही कारणले पारिश्रमिक उपलब्ध गराउन नसिकएको भन्ने विषय प्रस्तुत नगर्न आग्रह गरेका छन् । सुगमका अनुसार उनले पाउनु पर्ने सबै पारिश्रमिक ७ महिना देखि १ वर्ष अगाडि सम्पन्न भएका कार्यक्रम हुन् । जतिबेला कोरोनाको नाम समेत सुन्नमा आएको थिएन ।

pokhara internet
Comments
Loading...