NTHMC

यी हुन् सुगम पोखरेललाई पारिश्रमिक नदिने आयोजक

काठमाडौं। कार्यक्रम गरेर पारिश्रमिक नदिएको बताउँदै आएका गायक सुगम पोखरेलले आयोजकको नाम सार्वजनिक गरेका छन् ।

एक वर्ष अगाडि फेम नेपालले आयोजना गरेको कार्यक्रमबाट पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म नपाएको भन्दै नाम र तस्वीर सार्वजनिक गरेका हुन् ।

roma
parichay

सुगमले सामाजिक सञ्जाल फेसबुकमा मुख्य आयोजक संस्था फेम नेपाल र त्यसका प्रबन्धक बिमल पछाईको तस्वीर सार्वजनिक गरेका छन् ।

ICAS

१४ असारमा सामाजिक सञ्जालमार्फत् २४ घण्टाभित्र पारिश्रमिकबारे निर्णय नगरिए तस्वीरसहित नाम सार्वजनिक गर्ने घोषणा गरेका थिए ।
टुबोर्गलाई प्रायोजक बनाएर आयोजित कार्यक्रममा सुगमले देशका विभिन्न ६ शहरमा प्रस्तुति दिएका थिए । उनले पोखरा, बुटवल, नारायणघाट, इटहरी, धरान र काठमाडौंमा प्रस्तुति दिएका थिए ।

pokhara internet
Comments
Loading...