NMB Bank

दशैँमा हेर्नुहोस् यी दश सिनेमा

  • सुदर्शन

हिन्दुहरुको महान चाड दशैं लागेसंगै वर्षको सबैभन्दा लामो बिदा सुरु भएको छ। बिदाको समय कसैका लागि घुमघामको अवसर बन्न पुग्छ भने कसैका लागि पारिवारीक जमघटको। केही व्यक्तिहरु यो समयलाई केही शिप सिक्ने अवसरको रुपमा लिन्छन् भने केही व्यक्तिहरु यो समय पुस्तक पढेर चलचित्र हेरेर बिताउने गर्छन्। म अन्तिमका व्यक्तिहरुको समुहमा पर्छु। वर्षभरि नै म प्राय चलचित्रहरु हेरिरहेको हुन्छु र दशैंको बेलामा हुने लामा बिदाहरुमा म पढ्न मन लागेका पुस्तक र अलि धेरै समय लगाएर हेर्नुपर्ने टेलिभिजन शोहरु हेर्छु। अहिले म टिभि सिरिज सोप्रानोज् हेरिरहेको छु। यदि यो बिदाको समयमा सिनेमाहरु हेर्ने फुसर्द छ र आफुले हेरिरहेका सिनेमा भनदा छुट्टै स्वादका सिनेमाहरु हेर्न चहानुहुन्छ भने मैले तपाइको लागि केही चलचित्रहरुको लिस्ट तयार पारेको छु।

  • १. पिंक, २०१६

दशैं सामान्य बुझाइमा हर्सोल्लासको चाड हो। दशैंको समयमा, हर्सोल्लासको समयमा तपाइलाई यौन हिंसा र महिला अधिकारको शंदेश बोकेको चलचित्र हेर्ने रहर सायद नहुन सक्छ। तर दशैंसगसंगै देशमा अर्को घटनाको पनि चर्चा छ जस्को पृष्ठभूमिमा बसेर हामीले यौन हिंसा र महिला अधिकारबारेको आफ्नो अबुझतालाई सबको सामु देखाइरहेका छौँ। सभामुख कृष्णबहादुर महरामाथी लागेको बलात्कारको आरोप र त्यस घटनाको खुलासापछि भएका बिभिन्न टिकाटिप्पणीले हाम्रो मानसिकता कुन स्तरमा छ भनेर देखाइदिएको छ।

यौन हिंसामा परेका ३ युवतीहरुलाइ कमजोर सिस्टम र शक्तिको आडमा उल्टै फसाउन खोजिएपछिको कथा हो पिंक। युवतीहरुमाथि आरोप लागेपछि समाज र परिवारले गर्ने व्यवहार, उनीहरुले भोग्नुपरेको दुख र हाम्रो पितृसत्तात्मक समाजले महिलाबारे बनाएको गलत मान्यतालाई अनिरुधा चौधरीले गज्जब ढङ्गले प्रस्तुत गरेकी छन्। चलचित्रले उठाएको विषमात्र नभएर अन्य पक्षहरुपनि अब्बल छन्। तप्सी पन्नु, अमिताभ बच्चन, पियूश मिस्रा लगायतका कलाकारहरुको अभिनय भएको यो चलचित्र मनोरञ्जनसंगसंगै आफुलाई अझ सचेत र शिक्षित बनाउने अवसर पनि हुन सक्छ।

२. इट्स अ वोन्डरफुल लाइफ, १९४६

इट्स अ वोन्डरफुल लाइफ प्रसिद्द अमेरिकी निर्देशक फ्र्यान्क क्याप्रले निदेर्शन गरेको पारिवारीक चलचित्र हो। चाडपर्वको मुख्य मर्म नै जीवनमा आइपर्ने अनेक दुख पिडालाई स्विकार गर्दै परिवार आफनतसंग जमघट गरेर खुसी साट्नु हो। हामीहरु जिन्दगीमा सुखको खोजी गर्दा जिँउदो हुनु पनि आफैमा एक सुख हो भन्ने कुरा बिर्सन्छौँ। सतहबाट हेर्दा जति बेअर्थ लागेपनि हाम्रो अस्तितवले नजाँनिदो पाराले अनेक व्यक्तिका जिवनहरुलाई असर गरेको हुन्छ। त्यही कुरालाई देख्न नसकेर हामीहरु दुखी भैरहेका छौँ भन्ने कुरा यस चलचित्रले देखाएको छ। जेम्स् स्टुअर्टको मुख्य भूमिका रहेको यो फिल्मको कथावस्तु क्रिसमसको समय वरिपरी घुमेको छ। चाडपर्वको समयमा परिवारसंग बसेर हेर्नको लागि इट्स अ वोन्डरफुल लाइफसंगसंगै मह जोडीको दर्शै पनि राम्रो चोइस हुनसक्छ।

३. सिनेमा प्याराडिजो, १९८८

गाँउमा जतिबेला केबल टिभि पुगेको थिएन त्यतीबेला हामी टिभिमा चक्का हालेर सिनेमाहरु हेथ्र्यौँ। सिमित सिनेमाहरु दोहोर्याइ तेहर्याइ हेर्थ्यौँ। दशैँको बेलामा जब विदेश गएका काकाहरु फर्कन्थे उनीहरु आफुसंग नयाँ फिल्मका चक्काहर लिएर आँउथे। त्यसपछि हामीहरु रातरातभर घरबाट भागेर सिनेमा चल्ने घरमा पुग्थ्यौँ र सिनेमा हेर्थ्यौँ, घर फर्कदाँ गाली खान्थ्यौँ। यसरी सिनेमा, चाडपर्व र बाल्यकालसंग थुप्रै यादहरु जोडिएका छन्।

इटालीमा सन् १९८८ मा बनेको यो चलचित्रले, चलचित्र र बाल्यकालका यादहरुको कथा बोकेको छ। एक बालकको गाँउको सिनेमाघरमा चल्ने सिनेमाहरुसंगैको र्हुकाइ, उस्को र त्यस सिनेमाघरको प्रोजेक्सनिस्ट बिचको मित्रता, किशोरअवस्थाको प्रेम अनि रहर र आवश्यकताबिच गनुपर्ने सम्झौताहरुलाई यो फिल्ममा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ। गाँउको परिवेशमा घुमेको कथावस्तुले नेपाली स्थानिय जीवनको पनि झल्को दिन्छ। सिनेमाको बारेमा बनाइएको उत्कृष्ट सिनेमा हो सिनेमा प्याराडिजो। इटालिमा बनेका अन्य चलचित्रहरुमध्य लाइफ इज ब्यूटिफूल, द पोस्टम्यन, बाइसिकल थिभ्स पनि उत्कृट छन्।

४. पल्प फिक्सन, १९९४


क्विन्टन् ट्यारेन्टिनोद्दारा लिखित तथा निर्देशित चलचित्र पल्प फिक्सन आधुनिक कथाशैलीको उत्कृष्ट नमूना हो। यो सिनेमा कथाशैली र संवादको लागी प्रसिद्द छ। विभिन्न अलग अलग अपराधिक घटनाहरुलाई केही पात्रहरुको माध्यमबाट जोडेर नन् लिनियर शैलिमा सिनेमामा प्रस्तुत गरिएको छ। स्यामुयल ज्याक्सन्, जन् ट्रभोल्टा, उमा थर्मन, ब्रुस विलस आदिको अभिनय रहेको यो चलचित्र विश्वमा सबैभन्दा बढी दोह्र्याएर हेरिने चलचित्रमध्यमा पर्छ। यो चलचित्र मनपर्नेहरुको लागि इन्ग्लोरियस बास्टर्डस्, डेडपुल, हेट्फुल एट, ज्याङ्गो अन्चेन्ड आदी राम्रा रोजाइ हुन सक्छन्।

५. पिनोकियो, १९४०

एनिमेटेड चलचित्र पिनोकियो, पिनोकियो नाम गरेको कठपुतली र चलचित्रको न्यारेटर जिमिनी क्रिकेटले गरेका यात्रा र त्यसबाट सिकेका सिकाइहरुको बारेमा बनाइएको चलचित्र हो। बालबालिकासंग बसेर हेर्न सकिने यो चलचित्र जति बालबालिकाको लागि रमाइलो छ त्यति नै ठूलाहरुको लागि पनि मनोरञ्जनात्मक छ। सतहमा एक सामान्य कठपुतलीले विवेकको अभावमा भोगनुपरेका दुखहरु चलचित्रमा देखिएपनि प्रौढ आँखादबाट यो चलचित्र हेर्दा जिन्दगीका बहुमूल्य सिकाइहरु यस चलचित्रमा पाउन सकिन्छ। करिब ८० वर्ष पुरानो यो चलचित्र अझै पनि परिवारसंग बसेर हेर्दा नयाँ र रमाइलो लाग्छ।

६. इन् ब्रुज, २००८

ब्रुज बेल्जियमको एक ऐतिहाँसिक सहर हो जहाँ २ हिट्म्यानहरु निश्चित समयका लगि बसिरहेका छन्। कोलिन फेरल र ब्रेन्डन ग्लिसनले यस चलचित्रमा मुख्य भूमिका खेलेका छन् र यो चलचित्र मुलत डार्क कमेडी बिधाको हो। ब्रुज सहर घुम्दैगर्दा २ पात्रहरुले गर्ने संवाद र घट्ने घटनाहरुनै यस चलचित्रका मुख्य आर्कषण हुन्। आफ्नो मुलुक आयरल्याण्डमा थियटरमा कयौँ सफल नाटक देखाएका लेखक, निर्देशक मार्टिन म्याक्डोनाको यो पहिलो चलचित्र हो। उत्कृष्ट संवाद र अभिनयले भरिएको यो चलचित्र मन पराउनेहरुलाई सेभेन साइकोप्याथ्स, किस किस ब्याङ्गब्याङ्ग, थ्रि बिल्बोर्डस् वाउटसाइड इबिङ मिजोरी आदी मनपर्नसक्छन्।

७. सप् लिफ्टर्स, २०१

सप् लिफ्टर्स टोकियो सहरको मार्जिनमा गोप्य जीवन बिताइरहेको एउटा परिवारको कथा हो जस्को मुख्य आर्जनको स्रोत भन्नु नै चोरी हो। उनीहरु ५ जना त्यही क्रमले बाँच्दै आइरहेका हुन्छन् जब एक्कासी एक बालिका उनीहरुको जीवनमा प्रवेश गर्छे। सानो घरभित्र ६ जनाको सहअस्तित्व, बाल्यकाल र हुर्काइ, सम्बन्ध र नैतिकता आदिजस्ता बिषयहरुमा चलचित्रको कथा घुमेको छ। निम्नवर्गिय परिवारमा पनि कसरी मान्छेहरु खुसीसाथ बाँचन सक्छन् भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ। जापानिज भाषाको यस चलचित्रलाई हिरोकाजु कोरे इदाले निर्देशन गरेका हुन्।

८. ट्याक्सी ड्राइभर, १९७६

इन्सोम्नियाग्रस्त वार भेट्रन ट्रयाभिस बिकलको दृष्टिकोणबाट बनेको यस चलचित्र विश्वकै उत्कृष्ट पात्र प्रधान चलचित्र मध्यमा गनिन्छ। न्यूयोर्क शहरमा ट्याक्सी चलाउने ट्रयाभिस आफुले सहरमा देखेका अपराध र हिंसाले बिरक्तियपछि त्यसबिरुद्द लड्न चालेका कदमहरु यस चलचित्रमा देखाइएको छ। मार्टिन स्कोर्सेजीले निर्देशन गरेको यस चलचित्रमा रोर्बट डिनिरोको मुख्य अभिनय रहेको छ। ट्याक्सी ड्राइभर यही अक्टोबरमा रिलिज हुने बहुप्रतिक्षित चलचित्र जोकरको पनि मुख्य इन्सिपिरेसन हो। पात्रको मानसिक स्खलनको डरलाग्दो चित्र यस चलचित्रमा देख्न सकिन्छ।

९. द पर्भट्स गाइड टु सिनेमा, २००६

चलचित्रको बारेमा समिक्षकले र दार्शनिकले बोल्दा फरक के पाइन्छ? यही प्रश्नको उत्तर हो यो सिनेमा। दार्शनिक तथा बिचारक स्लाभोए जिजेकले विश्वका सवोत्कृष्ट फिल्महरुका बारेमा यस चलचित्रमा आफ्नो बिचार राखेका छन्। चलचित्रको भाषा र चलचित्रले मान्छेको दृष्टिकोणलाई गर्ने हेरफेरलाई बुझ्न यो चलचित्र हेर्नु अति आवस्यक हुन्छ। बौद्दिक चेतनाको सञ्चार गर्ने यस्ता चलचित्रहरु प्राय कमै देखन पाइन्छ। योसंगै पर्भट्स गाइड टु आइडियोलोजी सिनेमा र दर्शनलाई फरक कोणबाट बुझ्नको लागि सहयोगी खुराक बन्न सक्छ।

१०. द लब्स्टर, २०१६

योर्गोस ल्यान्थिमोस अहिले काम गरिरहेका निर्देशकमध्य मलाई सबैभन्दा मनपर्ने निर्देशक हुन्। आफ्नो मुलुक ग्रिसमा थुप्रै प्रतिष्ठित चलचित्र बनाइसकेका लान्थिमोसको द लब्स्टर पहिलो अंग्रेजी चलचित्र हो। आधुनिक प्रेमसम्बन्धको खोक्रोपनालाई व्यङ्ग्य गर्दै चलचित्रमा एउटा छुट्टै संसार खडा गरिएको छ जहाँ एक्लो हुनुलाई अपराध ठानिन्छ र ४५ दिनभित्रमा जीवनसाथी खोज्न सकिएन भने जनवारमा परिवर्तन गरिन्छ। चलचित्रभित्रको संसार यति सुक्ष्म र गहन छ कि जतिपटक हेर्दा पनि केही न केही नयाँ कुराहरु पाउन सकिन्छ। जिन्दगीको अस्तव्यस्तताबाट आक्रान्त आधुनिक विश्वका मान्छेहरुलाई नियममा बाँधिएको र व्यवस्थित संसार कति अब्सर्ड हुन्छ भनेर चलचित्रले देखाएको छ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?