NTHMC

१२ वर्ष प्याराग्लाईडिङ् गरेका एक्रो पाईलट सुवास भन्छन्, ‘अब यो पेशामा भविष्य छैन’

राजु गिरी, पोखरा । सानैदेखि जोखिमसँग जुध्ने बानीमा हुर्किएका पोखरा १८ का सुवास थापा अहिले प्याराग्लाईडिङमा एक्रोब्याटिक पाईलटको रुपमा स्थापित भैसकेका छन् । विभिन्न संघर्षका विच सेकेण्ड सेकेण्डमा ज्यानको बाजी राख्दै उनी यो स्थानसम्म आईपुगेका हुन् । प्याराग्लाईडिङमा साधारण उडान बाहेक अन्य जोखिमयुक्त कला नै एक्रोब्याटिक हो । प्याराग्लाईडिङको साधारण उडाननै जोखिमयुक्त हुने हुँदा एक्रोब्याटिक झनै खतरापूर्ण हुने थापा बताउँछन् ।

एक्रो पाईलटको रुपमा चिनिएका थापाले उडिरहेको प्याराग्लाईडिङलाई ३६० डिग्रीमा घुमाउने, इन्फिनिटी (शरिरलाई तल देखि माथी पार्दै घुमाउने), उडीरहेकै बेलामा रुखबाट फूल टिप्ने, तालको पानीमा छुवाएर जमिनमा ल्याण्ड गराउने जस्ता कलाहरु गर्दै आएका छन् । तर सधै यस्तो गर्दा कुनै दुर्घटना नहोला भन्न नसकिने उनी बताउँछन् । उनी भन्छन्– ‘समय सधै एउटै हुदैन, सधैं सक्छु नै भन्ने पनि त हुदैन । एक्रोमा खस्यो खस्यो, अव त झ¥यो, अब के हुने हो ? जस्तो सवाल प्याराग्लाईडिङ हेर्नेलाई बनाउन सक्नुपर्छ । त्यसैले जो पायो त्यहीले एक्रोब्याटिक गर्न सक्दैनन् ।

roma

शुरुवाती दिनमा प्याराग्लाईडिङ् सिक्दै गर्दा आफ्नो ज्यान जोगिएको अनुभव सुनाउँदै उनी भन्छन्– ‘दोश्रो पटक इन्फिनिटीमा आधा सेकेण्ड समय ढिलो हुँदा दुर्घटना हुन गयो । मैले आधा सेकेण्डमै रोक्नुपर्ने थियो ढिलो रोक्नाले दुर्घटना भएको हो । लगभग १५० मिटर माथी नै रहेंछु । कन्ट्रोल गर्न खोजें तर शुरुवाती अवस्था भएर होला सकिनँ र खसें । ठुलो दुर्घटना भने भएन । नत्र म अहिले यसरी तपाईको अगाडी हुन्थीनँ ।’
सन् २००९ मा प्याराग्लाईडिङ सिकेका थापा चार दाजुभाई मध्येका माईला हुन् । सानैदेखि फरक र साहसिला उनी स्कुल जाने समयमा उकालोबाट ओरालोतर्फ साइकल कुदाउँदा धेरै पटक दुर्घटनामा परिसकेका छन् ।

ICAS

पारिवारिक स्थिति कमजोर भएकाले घर चलाउनका लागि उनले गाडी चलाउने गर्थे । घरमा आम्दानी नभएकाले आमाले दुध, साग, तरकारी बेचेर ल्याएको पैसाले गुजारा चलाउनुपथ्र्यो । आर्थिक अभाव बिच डेढ वर्ष प्याराग्लाईडिङ अफिसको गाडी चलाएका थापाको मनमा प्याराग्लाईडिङ उडाउने रहर पलायो । त्यसपछि गाडी चलाउन छाडेर प्याराग्लाईडिङ उडाउन थाले । अहिले उनको परिवारमा अभाव छैन । चारैजना दाजुभाई प्यारा पाईलट बनिसकेका छन् ।

parichay

केही समय अगाडीसम्म प्याराग्लाईडिङ लाईनमा राम्रै आम्दानी हुने गरेको थापाको अनुभव छ । तर अहिले पाईलट मात्र उत्पादन भएकाले यो क्षेत्र खस्किदै गएको उनी बताउँछन् । उनी भन्छन्– ‘जोखिम भएपनि पहिला यो लाईनमा धेरै राम्रो थियो । तर पछिल्लो समयमा राम्रो छैन । पाईलट धेरै भए काम त्यति छैन । अहिलेको अवस्था हेर्ने हो भने यो लाईनमा नआउनु नै राम्रो जस्तो लाग्छ । मेरो बिचारमा यो लाईनमा छिरेर कमाउछु भन्नु व्यर्थ हो । नेपालमै यसमा केही गर्छु भन्नु झनै मुर्खता हो ।’

अहिले प्याराग्लाईडिङ क्षेत्रमा राज्य तथा सरोकारवाला निकायले गरेको व्यवहार तथा नीतिप्रति सन्तुष्ट छैनन् उनी । पोखरामा रहेर प्याराग्लाईडिङमा भविष्य खोज्छु भन्नु समयसापेक्ष निर्णय नहुने उनी बताउँछन् । सुस्केरा हाल्दै उनी भन्छन्– ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हँुदैछ । यसलाई असर पर्नसक्छ भन्दै राज्यले पोखरामा प्याराग्लाईडिङ उडान बन्द गराईदियो भने हामी पाइलटको लगानी बालुवामा पानी हाले जस्तो हुनेछ । त्यसैले यसमा भविष्य राम्रो छ भन्ने मलाई लाग्दैन ।’

तस्विर : सुवास थापाको फेसबुकबाट

pokhara internet
Comments
Loading...