NTHMC

स्पेन पनि श्रमको गन्तब्य बन्दै

काठमाडौं । श्रम ,रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपाली श्रमको नयाँ र सुरक्षित गन्तब्य स्पेन बन्ने बताएका छन् ।

parichay

श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्चस्तरीय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसंग सहकाय गर्न आफुहरु आतुर रहेको बताउँदै स्पेनसंग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने विश्वास व्यक्त गरे ।

roma

नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्च स्तरीय टोलीमार्फत नै मन्त्रिलाई नेपाल आउन आमन्त्रण समेत गरे । पर्यटन वर्ष २०२० को सुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्रि नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्चस्तरीय टोलीसंगको भेटघाट कार्यक्रम नेपालमा उच्चस्तरीय टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताए ।

pokhara internet
Comments
Loading...