ICAS

कोरोना संक्रमणले स्पेनकी राजुकमारीले गुमाईन् ज्यान

पोखरा/

कोरोना संक्रमणका कारण स्पेनकी राजकुमारीको ज्यान गएको छ । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो।

Parichay
Infomatics

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको अन्तर्राािष्ट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको हो ।

भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्। विश्वमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएकाले विश्व नै लकडाउनको अवस्थामा छ । (एजेन्सी)

pokhara internet
Comments
Loading...