गायक रोहनजंग कार्कीको ‘कान्छी ओ कान्छी’ गीत सार्वजनिक

पोखरा / 

गायक रोहनजंग कार्कीको नयाँ गीत ‘कान्छी ओ कान्छी’ शनिबार सार्वजनिक गरिएको छ । कार्कीले घटस्थापनाको शुभ दिन पारेर गीत सार्वजनिक गरेका हुन् । गीतबाट दर्शकको साथ सर्पो मिल्नेमा उनी विश्वस्त छन् । रोमान्टिक शैलीको गीतलाई उत्कृष्ट बनाउन आफूले मिहिनेत गरेको कार्कीले बताए ।

यो उनको दोस्रो गीत हो । विराज गौतमको रचना र सँगीत रहेको गीतमा संगीत संयोजन शैलेष श्रेष्ठले गरेका हुन् । गीतलाई आकर्षक बनाउन भिडियो झनै महत्वपूर्ण बनेको छ । भिडियोमा सौरभ थापा र सुस्मिता गौचनको रोमान्स हेर्न पाइन्छ । भिडियोको छायाकंन पोखरामानै गरिएको हो । एसटु प्रोडक्सनका सुरज श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको हो । श्रेष्ठले सिनेमेट्रोग्राफी, सम्पादन र कलर ग्रेडिङ जिम्मेवारी समेत आफैले निभाउनु भएको छ । गीतलाई एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत तथा भिडियोको लागि निकै मेहनत सबैबाट भएकोले यो गीतले आफूलाई स्थापित हुन सघाउने गायक कार्कीको विश्वास छ ।‘गीत राम्रो बनेको छ, यो लोकपप फ्लेबरको गीत हो, पक्कै दर्शक श्रोताको माया पाउनेछ’ गायक कार्कीले भने ।

ICAS

पोखरा १३ काहुँखोलामा जन्मनुभएका कार्कीलाई सानैदेखि गीत संगीततर्फ रुचि थियो । पोखराको ग्लोबल कलिजियट स्कुलमा कक्षा ६ मा अध्ययनरत हुँदाको समयबाट उनले गीत गाउन थाले । उनलाई लोकपप गीत गाउन मनपर्छ । लोकपप बिधा मार्फत नै गायन क्षेत्रमा स्थापित बन्ने उनको धोको छ ।

उनले भविष्यमा सांगीतिक क्षेत्रमा केही गर्ने उनको लक्ष्य बनाएका छन् । त्यसोत ‘कहिले आउ’ बोलको गीत रेर्कड गराई उहाँले २०७३ सालमा नै सांगीतिक क्षेत्रमा औपचारिक यात्रा प्रारम्भ गरेका थिए । केही समय उनले ‘द न्यू विगिनिङ’ व्याण्ड मार्फत समेत आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाए । अहिले उनी सोलो गायकको रुपमा नै अगाडि बढ्न खोज्नुभएको छ ।

गायक कार्की २०७० मा आयोजित गोल्डेन आइडल प्रतियोगीतामा विजेता समेत भएका थिए ।

pokhara internet
Comments
Loading...