NTHMC

अस्ताममा उदाउँदो कृषि गर्दै अधिकारी दम्पती

राजु गिरी, पोखरा । 

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा व्यवसायिक अग्र्यानिक कृषि खेतीलाई मोहन प्रसाद अधिकारीले विस्तार गरिरहेका छन् । उनले १२० रोपनी जग्गामा अकबरे खुर्सानी, सिताखे च्याउ, कुरिलो, अगरहुड, टोनिकलगाएत धेरै थरिका खेतीलाई अनुसन्धान गर्दै उत्पादन तर्फ अगाडी बढे्का छन् ।

roma

करिब २२ लाखको लगानीमा गाउँकै नमूना हुनेगरि अधिकारीले सिनर्जी एग्रो संचालन गरिरहेका छन् । अहिले अकबरे खुर्सानीको ३२००० विरुवा उत्पादन उन्मुख छन् । यो संख्या व्यवसायिकरुपमा प्रदेशमै नभएको उनको दावि छ । यसलाई अझ विस्तार गरेर ३५००० पुराउने योजना अधिकारीको छ । उनका अनुसार यो अकबरे लगाएको ६ महिनामा पहिलो उत्पादन दिनेछ र ४ वर्षसम्म बोटबाट निरन्तर उत्पादन लिन सकिनेछ । अकबरे खुर्सानी औषधिको रुपमा प्रयोग हुने उनी बताउँछन् । बजारमा अकबरे भनेर डल्ले खुर्सानीको व्यापार भैरहेकाले सचेत हुन उनको आग्रह छ । अधिकारी भन्छन् –‘डल्ले खुर्सानीलाई अकबरे भन्दै बेच्ने गरेको पाईन्छ, सबै डल्ले खुर्सानी अकबरे होइनन् । यो अलि फरक हुन्छ । यसले मानव स्वास्थ्यमा हानी गर्दैन । औषधिको रुपमा पनि यसलाई प्रयोग गरेको पाईन्छ ।’

ICAS

यो सँगै उनले सिताखे च्याउ, कुरीलो, अगरहुड, टोनिक लगाउने योजनामा छन् । तीनीहरुको अनुसन्धान चलिरहेको उनी बताउँछन् । अनुसन्धान गरेर मात्र लगाउनुपर्ने मान्यता उनले बोकेका छन् । सिताखे च्याउको खेती शुरु गरिसकेका छन्भने छट्टै कुरीलोको ५००० विरुवा लगाउने योजना उनको छ ।

कृषिमा बिचौलियाको सक्रियताले कृषक मारमा परिरहेकोमा उनी चिन्तीत छन् । उनी भन्छन् –‘वास्तविक कृषकले उचित मुल्य नपाउँदा कृषि नै धरापमा परिरहेको छ । खोई यसको बारेमा राज्यले सोचेको ?’ क्वालिटीसँगै क्वालिटी बनाउन सकियो भने उपभोक्तालाई पनि आर्थिक भार कम हुने उनको धारणा छ ।

अहिलेको अवस्थामा विषादी रोक्नु आवश्यक रहेको उनको भनाई छ । उनी भन्छन् –‘यसका लागि सचेतना जगाउनु पर्छ । अरुको देखेर कृषि गर्नेहरुपनि धेरै छन् । अरुको हेरेर कृषि गर्ने चलन एकदमै खराब हो । बुझेर यो क्षेत्रमा छिर्नु आवश्यक छ । विज्ञको सल्लाह नलिई आफै विज्ञ बनेर उत्पादन गर्नु ठुलो हानीकारक हुन्छ । समाज अझै परिवर्तन हुन सकेको छैन । विकासे मल प्रयोग गरेर सोही वर्ष उत्पादन त देला, तर त्यसले पछि पार्ने असरको ख्याल नगर्दा कृषि क्षेत्र तथा मानव स्वास्थ्यमा पनि निकै भयावह स्थिति निम्तन सक्दछ ।’

नेपालमा जडिबुटी प्रसस्त भएपनि लोप हुने अवस्थामा रहेको उनी बताउँछन् । यसलाई लोप हुन दिनुनहुने उनको धारणा छ । राज्यले यसमा ध्यान नदिएकोमा दुःख समेत अधिकारीले व्यक्त गर्छन् । ‘राज्यले कृषिलाई माथी उठाउने भनेर कागजमा मात्र सिमित राखेको छ । हामी कृषिबाटै माथी उठ्न सक्ने अवस्था छ । तर राज्यले व्यवहारिकरुपमा चालेका कदम दुःखदायी छ ।’ –उनले भने । कृषकलाई सबै ज्ञान नभएकाले पनि उत्पादनले दिनुपर्ने आर्थिक उन्नतीमा ह्रास आएको उनको भनाई छ । प्रत्येक एग्रो पसलमा एकजना विशेषज्ञ राख्नुपर्ने पनि अधिकारी बताउँछन् ।

parichay

नेपालमा कृषि अझैपनि परम्परागत र जीवन निर्वाहमुखी पेशाको रुपमा अगि बढिरहेको अधिकारीकी श्रीमती तथा एग्रो संचालिका सिता तिवारी बताउँछिन् उनी भन्छिन् –‘ कृषि पेशा विश्वका अधिकांस मुलुकहरूले अप्नाएको पेशा हो । कतिपय मुलुकहरूले आधुनिकिकरणमा रुपान्तरण गरिसकेका छन् भने हामी अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सिमित रहेका छन् । नेपाल कृषिमा आधुनिकता तर्फ बढिरहे पनि अझै नेपालको अधिकांस क्षेत्र परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी रुपमै अगाडि बढिरहेको छ । यो एकदम दुःखको कुरा हो । ’

कृषि नेपालको लागि मुख्य पेशा भएपनि वार्षिक रुपमा खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेकोमा उनी चिन्ता व्यक्त गर्छिन् । यसमा राज्यले नै व्यवसायिक कृषि विकासमा त्यति महत्व नदिएको तिवारी बताउँछिन् ।

अहिले उक्त एग्रोमा ८ परिवारका सदस्यले रोजगारी पाइरहेका छन् ।

तस्विर : सुमन ढुङ्गाना

pokhara internet
Comments
Loading...