ICAS

नेपाल भारत सिमामा पर्ने छारुङमा सशस्त्र प्रहरी तैनाथ ( हेर्नुस तस्विर)

काठमाडौं l भारतले लिपुलेक हुँदै मानसरोवर जाने नेपाली भूमिमा सडक निर्माण पश्चात् सिमामा सुरक्षा गर्न सरकारले प्रहरी खटाएको छ। बुधबार दार्चुलाको व्यासको छाङरुमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिएको हो।। छाङरुमा सशस्त्र प्रहरी चौकी स्थापना गर्न एआइजी नारायणबाबु थापा, डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई दार्चुला पुगेका थिए। नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर गएको हो। सशस्त्र प्रहरी बलले छाङ्‌रुस्थित स्थानीयको घर भाडामा लिएर कार्यालय खोलेको छ।

pokhara internet
Comments
Loading...