ICAS
Rara

फोटोमा हेर्नुहोस् पशुपतिमा शिवरात्रिको तयारी

काठमाडौं । यस वर्षको शिवरात्रिका पर्व भोलि अर्थात् शुक्रबार मनाइँदैछ । शिवरात्रिको अवसरमा पशुपतिमा मन्दिर परिसरमा विशेष पूजा हुँदैछ । मन्दिर दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगारेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाइन गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।

govnotice

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ पनि आवश्यकताअनुसार एक लाइनको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअघि नै भुवनेश्वरीको फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ त्यही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

parichay

शिवरात्रिमा लाखौँको संख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा एक सय ११ सदस्यीय मूल समिति –२०७६ गठन गरिएको छ ।

शिवरात्रिका लागि पशुपति क्षेत्रमा झण्डै तीन हजारभन्दा बढी साधुसन्त आइसकेको कोषले जनाएको छ । चार सयभन्दा बढी नागा बाबा पशुपति मूल मन्दिर प्रवेश गरी बसेको प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए ।
फोटोमा हेर्नुहोस् पशुपतिमा शिवरात्रिको तयारी

pokhara internet
Comments
Loading...