शेयर बजार ५.६६ अंकले घट्यो, निर्जीवन बीमा समूहमा लगानीकर्ताहरु झुम्मिए

काठमाडौँ /

साताको पहिलो दिन आज शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बजार ५.६६ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५५६.८० अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज १८७ कम्पनीका ४३ लाख ५२ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपियाँ बराबरको कारोबार भएको छ ।

ICAS

बजार घटेको दिन आज निर्जीवन बीमा समूहमा भने लगानीकर्ताहरु झुम्मिएका छन् । आज निर्जीवन बीमा समूह ३१.५८ अंक र ट्रेडिङ समूह १३.२ अंकले बढेका छन् भने बाँकी अरु समूह राताम्मे भए । सबैभन्दा बढी विकास बैंक समूह २९.१९ अंक र जीवन बीमा समूह १८.९८ अंकले घटेका हुन् ।

आज जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.७८ प्रतिशतले नाफा कमाएका छन् भने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ७.५४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज हिमालयन बैंकका शेयर सबैभन्दा बढी कारोबार भएको छ । हिमालयनको २४ करोड ४५ लाख ५१ हजार ६ सय रुपियाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

pokhara internet
Comments
Loading...