NMB Bank

यसरी भएको थियो शाहवंशको राज्य बिस्तार

  • सौगात पोखरेल

धेरैलाई थाहा नहुनसक्छ, शाह राजाहरुले आफ्नो शासनको सुरुवात कास्की जिल्लाको कास्कीकोटबाट गरेका हुन भन्ने । कुलमण्डन खानबाट सुरुभएको शाह बंशीय शासन व्यबस्थाको अन्त्य ज्ञानेन्द्र शाहबाट भएको छ । पन्ध्रौं शताब्दीबाट सुरु भएको शासन व्यवस्था २० औं शताब्दीमा पुगेर अन्त्य भएको हो ।
कास्कीको कास्कीकोटमा शाहहरुले शासन गर्नु अघि घलेहरुले शासन गरेका थिए । घलेहरुले मगरहरुमाथि आक्रमण गरेर कास्कीकोटमा शासन सञ्चालन गरेको ईतिहास भेट्न सकिन्छ । घलेहरुले आफुहरुमाथि गरेको आक्रमणको बदला लिनको लागि मगरहरुले कुलमण्डन शाहहरुलाई सहयोग गरि घलेहरुलाई लखेटेका थिए । घले र मगरहरुको बिवादको बिचमा कुलमण्डन शाहले कास्कीकोटमा शासन सत्ता सञ्चालन गरेको ईतिहास भेट्न सकिन्छ ।
लमजुङको दुराडाँडामा घलेहरुहले आक्रमण गरिसकेपश्चात राजा बन्ने मान्छे नै नभएपछि दुराडाँडाका दुरा र घिमिरेहरुले कास्की आएर राजा बनाएर पठाईदिनका लागि कुलमण्डन शाहसँग बिन्ति बिसाएका थिए । १५ औं शताब्दीको अन्त्यतिर कुलमण्डन शाहले आफ्नो माईला छोरा कालु खान (शाह)लाई लमजुङको राजा बनाएर पठाएका थिए । कालु खान (शाह)लाई पनि घलेहरुले मारिदिएपछि कुलमण्डन शाहले आफ्ना कान्छा छोरा यशोवर्म शाहलाई राजा बनाएर पठाएका थिए । यसरी शाह शासनको विस्तार भएको थियो ।
कुलमण्डन शाहकै सन्तान द्रव्य शाहले लिगलिगको दौड प्रतियोगितामा  जितेर लिगलिगकोटको राजा भएका थिए । उनको जीतको विषयलाई लिएर आजपनि थुप्रै टिकाटिप्पणीहरु हुन्छन् । घले मगरहरुलाई छलछाम गरेर द्रव्य शाहले गोरखाको लिगलिगकोटको शासनसत्ता हत्याएका थिए । उनले शासनसत्ता सञ्चालन गर्नु अगाडी गोर्खाका सबै राज्यहरुमा मगर राजाले शासन गरेका थिए । उनले विजय हासिल गर्नुपुर्व लिगलिगकोटमा पनि घले मगरहरुले शासन गरेका थिए ।
घलेहरु खासमा जात नभएर पद भएको कुरा पनि हामीले ईतिहासमा भेट्न सक्छौँ । पछि केही घलेहरुले यसलाई जातको रुपमा पनि मान्दै आएको उदाहरणहरु भेट्न सक्छौँ । तत्कालीन समयमा गोर्खाका घलेहरु मगर र लमजुङका घलेहरु गुरुङ रहेको तथ्य भेट्न सकिन्छ । गोरखाको लिगलिगकोटमा राज्य सञ्चालनसँगै शाहहरुले गोरखामा रहेका अन्य मगर राज्यहरुमाथि पनि आक्रमण गर्दै गएका थिए । उनीहरुले १६ औं शताव्दीको अन्त्यसँगै गोरखाका सबै राज्यहरुमा शाहहरुले शासनसत्ता सञ्चालन गर्न थालेका थिए ।
शाहरुले मगर राज्यलाई हत्याउने काम मात्रै गरेनन् बरु मगरहरुको भाषा सँकृतिमाथिको अतिक्रमण पनि गर्न थाले । त्रासको कारण गोर्खाको मगर बस्ती बिस्तारै बिकेन्द्रीकृत बन्दै गएको ईतिहास हामीले पढ्न सक्छौँ । शाहहरुको अधिपत्यका कारण त्यहाँका मगरहरुको भाषामाथि पनि आक्रमण हुन थाल्यो । त्यो बेलादेखि आजसम्म आईपुग्दा गोरखाका मगरहरुले आफ्नो भाषा समेत बोल्न बिर्सिसकेका उदारणहरु प्रशस्तै भेट्न सकिन्छ । शाह भन्दा पनि पहिले गोरखामा मगरहरुले शासन शत्ता सञ्चालन गर्थे भन्ने कुरा ईतिहासमा पढ्न पाईन्छ ।
मगर राज्यहरुमाथिको विजयपश्चात मात्र शाहले अन्य राज्यहरुमाथिको आक्रमण गरेको हामीले ईतिहासमा पढ्न पाउछौँ । लमजुङको दुराडाँडामा शासन सत्ताको जिम्मा लिने कामबाट नै नेपाल एकीरणको भएको कुरालाई हामी कसैले नकार्न सक्दैनौँ ।
गोरखामा मगर राज्यहरु रहेको त्यहाँ रहेका ठाँउहरुको नाम र त्यहाँ रहेका मन्दिरको पुजारी राख्ने प्रचलनलाई हेर्दा प्रष्ट हुन्छ ।

(ईतिहासका अध्येताहरु यादव देवकोटा र मनोज घर्तीमगरसँगको कुराकानीको आधारमा तयार गरिएको विचार )

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?