NMB Bank

श्रीमान पनि त अरु कोहिसँग सुतिरहेको नै त होला

  • राजु गिरी ।

चिल्लो कार एउटा सामान्य होटलको अगाडी रोकिन्छ । अन्दाजी ४०, ४५ वर्षका २ जना व्यक्ति कारबाट निस्कन्छन् । तिनीहरुलाई देख्ने बित्तिकै होटल चलाउने महिला मस्क्क मस्काउदै मुस्कुराउछिन् । ‘के छ साउनी ?’ कारबाट ओर्लने मध्येबाट एक जनाले सोध्छ । ‘हुनु पर्ने चिज सबै छ’–साहुनीको जवाफ । बेलुका ७, ८ बजेको हुनुपर्छ । छुट्टै भित्र पट्टीको कोठामा होटलको ग्राहकलाई बसाउँछिन् । विदेशी रक्सीको बोतलसहित सोध्छिन्– ‘सितन् के खाने ? माछा बनाऊ कि मासु ?’ बदलामा ग्राहकहरु बोल्छन् –‘ हामी त काँचो मासु खान आएको ।’ खाने र जिस्कने क्रम चलिरहन्छ । एकैछिन पछि झकिझकाउ ड्रेसमा अनुहार नै टल्कने मेकअप गरेकी अर्की एकजना महिला होटलमा प्रवेश गर्छे । त्यसपछि होटलका सबै सटर बन्द हुन्छ । रातभरि होटल अगाडी राखिएको कार बिहानको झिस्मीसे उज्यालोमा त्यहाँबाट निस्कन्छ ।

यो पोखरा बजारदेखि थोरै टाढा देखिएको दृष्य हो । ३५ वर्षकी ती महिला होटलसँगै ग्राहकको चाहना अनुसार लुकिछिपि यौन धन्दा चलाउँदै आएकी छिन् । यौन धन्दा रहर नभएर बाध्यता भएको बताउँदै उनी भन्छिन्– ‘के गर्ने होटल मात्र चलाएर सटर भाडा तिर्न सकिदैन । लाउन प¥यो, खान प¥यो । पोखरा त्यसैपनि महंगो छ । छोराछोरी ठूला भईसके, उनीहरुको पढाई र बाहिरी खर्च धान्नै प¥यो । शरिर बेचेरै भएपनि गुजारा चलाउँन त प¥यो नि ।’ श्रीमानले विदेशमा दुःख गरेको बताउँदै उनी भन्छिन्– ‘श्रीमानलाई धोका दिने सोँच त होईन तर परिस्थितिनै त्यस्तै छ ।’

थरिथरिका ग्राहक आउने हुँदा उनीहरुको माग अनुसार थप यौन धन्दामा लागेका महिलालाई बोलाउने गरेको बताउँदै उनी भन्छिन्– ‘ अविबाहित केटाहरुले भन्दा घरपरिवार भएको अलि बुढो मान्छेले बढी खर्च गर्ने गर्छन । रकम पनि राम्रै दिन्छन् ।’ नौलो अनुहार र नचिनेको मान्छेसँग यौन धन्दाको बारेमा थाहा नदिने उनी भन्छिन्– ‘होटलको व्यापार पनि हुने, छुट्टै कमाई पनि हुने भएकोले लुकिछिपी यौन व्यवसाय गर्दै आएकी छु । पुलिसको धेरै डर हुन्छ । यहाँका समाजले थाहा पाउने हुन् कि भन्ने डरले घर गरिरहन्छ ।’ स्वईच्छाले यौनधन्दामा लाग्ने महिलालाई आम्दानी गर्ने बाटो देखाएको बताउँदै उनी भन्छिन्– ‘ग्राहकहरुको चाहनाअनुसार यौनकर्मीहरुलाई बोलाईदिन्छु । रकम यती नै भनेर भन्दिन, तर चित्त बुझ्दो दिन्छन् ।’

यसरी होटल व्यवसाय गरि यौन धन्दा चलाउनेको संख्या पोखरामा धेरै छ । यौनकर्मी पनि सबै बाध्यताले लागेका छैनन् । कोही छोटो समयमै मोटो रकम हात पार्न सकिन्छ भनेर लागिरहेका छन्, कोही साथीकै लहलहै लागेका छन्, कसैलाई आफन्तले नै कामको बहानामा फसाईदिएका छन् ।

लामो समयदेखि पोखरामा बस्दै आएकी एक महिलाको कथा अर्कै छ । उनी रमाईलोको लागि मात्र पराई पुरुषसँग सम्वन्ध राख्ने गरेको बताउँछिन् । ‘जिन्दगी आजसम्म हो कि भोलीसम्म, कसलाई के थाहा ? आजै रमाउने हो । जे गरेपनि हातखुट्टा चलिन्जेल र रोग नलागेसम्म गर्ने हो । श्रीमानले थाहा पाउनु भयो भने के हुन्छ भन्ने प्रश्नमा उनी हास्दै भनिन्– ‘जोवन भईन्जेल रमाईलो गर्ने हो । त्यो पनि विदेशमा अर्कीसँग सुतिरहेको होला ।’

यी त पात्र मात्र हुन् । कोही रहरले त कोही बाध्यताले । देशका प्रमुख सहरहरूमा यौन व्यवसाय मौलाउँदो अवस्थामा छ । अलि पहिला पोखराको बागलुङ बसपार्क भन्ने बित्तिकै यौन व्यवसायको यरिया भनेर चिनिन्थ्यो । सभ्य व्यक्तिले त्यस ठाँउको नाम लिनै चाहन्नथे । जब प्रशासन र पुलिसले कडा कदम लियो त्यस स्थानमा यौन व्यवसाय निमूर्ल नै भयो । तर त्यहाँबाट विस्थापित भएका केही यौनकर्मीहरु अहिले पनि छुट्टै कोठा लिएर गुपचुपरुपमा शरिर बेचिरहेकै छन् ।

निश्चित उमेर समूह वा निश्चित लिंग, निश्चित वर्ग मात्र यौन व्यवसायमा संलग्न छन् भन्ने छैन । अधिकांश बाध्यताले यो दलदलमा फसेका छन् भने कतिपय रहरैरहरमा यो पेसामा तानिएका छन् । शरिर बेच्नु बाध्यता हो या अरु केही । यस बारेमा गहिरो अध्ययन गरेर राज्यले ठोस निती नियम ल्याउन जरुरी रहेको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?