quantum
Sag

सेल्फी खिच्न खोज्दा फेवातालमा खसेर काठमाडौंका रोजन बेपत्ता

पोखरा । काठमाडौं ताहचल निवासी रोजन श्रेष्ठ पोखराको फेवातालमा बेपत्ता भएका छन् ।

दिदी रोशनी श्रेष्ठसँग पोखरा घुम्न भनी मंसिर २३ गते पोखरा आइपुगेका रोजन आज बिहान फेवातालमा सिंगल प्याडल बोडमा घुम्दै गर्दा तालमा खसेको बुझिएको छ ।

रोजनसँगै फेवातालमा बोटिङ गरेकी उनकी दिदी रोशनीका अनुसार भाई रोशनले लाइफ ज्याकेट फुकालेर मोबाइलबाट सेल्फी खिच्न लाग्दै गर्दा तालमा डुेबको प्रहरीको भनाई छ ।

बेपत्ता रोजनलाई खोज्नका लागि वडा प्रहरी कार्यालय बैदामबाट खपौदी भेग तर्फ प्रहरी टोलि पुगिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक ओम राना मगरले परिचय नेटवर्कलाई जानकारी दिए ।

नोटः रोजन श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?