सेजलले जितिन् ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधि

काठमाडौं । ‘मिस एसईई फेस अफ नेपाल, २०२०’ को उपाधि सेजल लम्सालले जितेकी छन् ।

पोखरामा अस्थायी बसोबास गर्ने सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्ड तथा ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधि हासिल गरिन् ।

कोरोना महामारीका बीच राजधानीको एक रिसोर्टमा भौतिक दुरी कायम गरी आयोजना गरिएको सुन्दरी प्रतियोगितामा फर्स्ट रनरअप सम्पूर्ण थापा भइन् । त्यस्तै प्रविना कट्टेल सेकेन्ड रनरअप भइन् ।

ICAS

ग्लोबल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी एन्जल पौडेलले टप पपुलरको उपाधि जितिन् । त्यसैगरी अनिशा श्रेष्ठ बेस्ट ट्यालेन्ट र बेस्ट मोडल, मनिशा चिन्नाल बेस्ट वाक, प्रविन लिम्बु बेस्ट पर्सनालिटी, भेट्रान गौरव खड्का, रविना सिलवाल मस्ट फोटोजेनिक घोषित भए ।

 

pokhara internet
Comments
Loading...