ICAS

एसईईमा गण्डकी प्रदेशबाट ४७ हजार ५ सय परीक्षार्थी सहभागी

कास्कीमा सहभागी सङ्ख्या १० हजार ८ सय

सन्तोष बस्याल, पोखरा । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र ६ गते विहिबारबाट सञ्चालन हुदैँ छ । यसपालीको एसईई परीक्षामा गण्डकी प्रदेशबाट जम्मा ४७ हजार ५ सय १३ परीक्षार्थी सहभागी हुदैँछन् । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको विवरण अनुसार यो तथ्याङ्क प्रदेशका ११ वटै जिल्लाको हो ।

Parichay
Infomatics

एसईईको परीक्षा सफल रुपमा सम्पन्न गर्न २ सय २० केन्द्र तोकिएको छ । जसमा सहायक केन्द्राअध्यक्ष ३ सय १५ रहेकाछन् । निरिक्षक सङ्ख्या २ हजार ३ सय ८५ छन् भने परीक्षा सहायक ४ सय ७७, कार्यालय सहयोगी ९ सय ५३ र सुरक्षाकर्मी ३ हजार ३ सय जना खटाइएको शिक्षा विकास निर्देशनालयले जानकारी गराएको छ ।

गोर्खा जिल्लाबाट एसईईको परीक्षा दिने ४ हजार ५ सय ३९ जना छन् । मनाङमा ५२ जनाले एसईई परीक्षा दिदैछन् । लम्जुङमा ३ हजार १ सय २ जना छन् भने कास्कीमा १० हजार ८ सय ४४ जना रहेका छन् । तनहुँ जिल्लाबाट परीक्षा दिनेको सङ्ख्या ६ हजार २ सय ८० छ । स्याङ्जाबाट ५ हजार ८ सय २३ जनाले परीक्षा दिदैछन् । मुस्ताङमा भने १ सय ३६ जना मात्र छन् । म्याग्दी जिल्लामा एसईई परीक्षा दिनेको सङ्ख्या २ हजार ४ सय १७ छ भने बाग्लुङमा ५ हजार ८९ जना रहेका छन् । यस्तै, पर्वत जिल्लाबाट परीक्षा दिनेहरु २ हजार ६ सय ७० जना छन् । नवलपुरबाट ६ हजार ५ सय ६१ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा विहिबारबाट सुरु हुने एसईई परीक्षामा सहभागी संख्या विवरण

गण्डकी प्रदेशमा अपाङ्ग भएका र कैदी परीक्षार्थी कति छन् रु भन्ने यकिन तथ्याङ्क नआएको उच्च तथा प्राविधिक शिक्षा शाखाका शाखा अधिकृत ९आठौं तह० खेमराज पौडेलले जानकारी गराए । गण्डकी प्रदेशमा परीक्षाको सम्पूर्ण तयारी समेत पूरा भएको उनले बताए । उनका अनुसार परीक्षा केन्द्रहरुमा चाहिने सामानहरुको व्यवस्था भइसकेको छ । विद्यार्थीलाई सहज र सरल तरिकाले परीक्षा दिने वातावरण बनाइएको उनले बताए ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) बाट हुन सक्ने जोखिम प्रति ख्याल गर्दै प्रदेश सरकारको नीतिगत योजना अनुसार विद्यार्थीलाई स्वाथ्य परिक्षण गराएर मात्र परीक्षाहलमा प्रवेश गराउने गरी तयारी भएको छ” , उनले भने, “विद्यार्थीको स्वास्थ्यको ख्याल गर्दै गण्डकी प्रदेशका कतिपय जिल्लाहरुमा माक्सको समेत व्यवस्था गरिएको छ ।”

कास्कीमा दृष्टिविहिन ५ जना र सुस्तश्रवणको १४ विद्यार्थीले परीक्षा दिने उनले परिचय नेटवर्कलाई जानकारी गराए । कास्कीको ३२ वटा केन्द्रमा परीक्षा हुँदैछ ।

pokhara internet
Comments
Loading...