नेपाल एसबीआई बैंकले घोषणा गर्यो ९.४७ प्रतिशत लाभांश

काठमाडौँ / 

नेपाल एसबीआई बैंकले शेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ताको ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशतका दरले नगद लाभांश(कर प्रयोजनका लागि समेत प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव भीष्म नेउपानेले जनाएका छन् ।

ICAS

बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार ५ सय ५४ रुपियाँ छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनी सचिव नेउपानेले बताए ।

pokhara internet
Comments
Loading...