NTHMC
aama movie

एक नागरिकको प्रश्न

  • सौगात पोखरेल

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नागरिकले आफ्नो प्रतिनिधिलाई ढुक्क भएर प्रश्न गर्न पाउँछ ।

आज म मेरा केहि प्रश्नहरु दुईतिहाईको दम्भ बोकेको सरकारका नेतृत्वकर्तालाई गर्न चाहन्छु । राष्ट्रियताको चर्को राप र तापको बिचबाट बनेको सरकार चलाउने आधुनिक माक्र्सवादीलाई प्रश्न गर्न चाहन्छु । कम्युनिष्ट पार्टीले चुनाव जितेपछि थुप्रै गरिब र उत्पिडितले समानताको सपना देखिरहेका थिए । आज ति सपनाहरुको अपहरण गरिएको छ ।

जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलसँगको चिया बसाईमा समृद्धिको बारेमा केहि छलफल भएको थियो । उहाँले केहि गम्भीर प्रश्न गर्नुभयो ।

जुन प्रश्न मैले यहाँ राख्न उपयुक्त ठानेको छु ।

हाम्रो सम्बृद्धिको फ्रेमवर्कभित्र ठुल्ठुला शहर, ठुल्ठुला गाडीको परिकल्पना छ । जुन परिकल्पनाले भुँईमान्छेहरुलाई अपमान गरिरहेको छ । यो सरकारलाई डोकोमा तरकारी बेच्नेहरुले शहरलाई कुरुप बनाएको भान हुन्छ र सडकबाट लखेट्छ डोकेहरुलाई । नगरप्रहरी देख्नेबित्तिकै उनीहरु फलफूल तरकारी सडकमा नै फालेर दौडिहाल्छन् । सामानको माया गर्न खोजियो भने ज्यानभरी प्रहरीले हानेको लाठीको सुम्ला बस्छन् ।

आधुनिकताको नाममा हामीले हाम्रो उत्पादनप्राणालीको अन्त्य र बाह्य उत्पादन प्राणालीको सिको गरिरहेका छौँ । जस्ले हामीलाई परिनिर्भरताको शिकार बनाएको छ । हरेकदिन युवा सुन्दर घर बनाउने सपना देखेर हजारौँको संख्यामा पलायन भईरहेको तथ्यलाई हामिले नकार्न सक्दैनौँ ।

त्यो संख्या हिजोको दिनमा श्रम बजारको लागि बाहिरिनेहरुको मात्र थियो आजको दिनमा ‘ब्रेनड्रेन’को समस्या मुल बनेर आएको छ । र पनि हामी सम्बृद्धिका आश्वासन फलाकेर थाक्दैनौँ । ‘नेपाल भ्रमण वर्षलाई सफल बनाउन’ वैदेशिक रोजगारीमा जाने मदजुरले भिजिट नेपालको टिसर्ट लाउने कुराले त झन देशको भद्दा मजाक गरिरहेको छ । जुन देशले युवालाई आफ्नै देशमा राख्ने प्रवन्ध गर्न सक्दैन त्यो देशले पर्यटकहरुको स्वागत र सत्कारमा के मौलिकता दिन सक्ला ?

 

हाम्रो सम्बृद्धिको फ्रेमवर्कभित्र ठुल्ठुला शहर, ठुल्ठुला गाडीको परिकल्पना छ । जुन परिकल्पनाले भुँईमान्छेहरुलाई अपमान गरिरहेको छ । यो सरकारलाई डोकोमा तरकारी बेच्नेहरुले शहरलाई कुरुप बनाएको भान हुन्छ र सडकबाट लखेट्छ डोकेहरुलाई । नगरप्रहरी देख्नेबित्तिकै उनीहरु फलफूल तरकारी सडकमा नै फालेर दौडिहाल्छन् । सामानको माया गर्न खोजियो भने ज्यानभरी प्रहरीले हानेको लाठीको सुम्ला बस्छन् ।

 

 जुन देशले आफ्नो अर्थतन्त्रको निर्माण गर्न सक्दैन । उत्पादन र निर्यात भन्दा पनि आयात गर्ने योजना बनाउँछ । त्यो सरकार खासमा ब्रोकरबाहेक केहि बन्न सक्दैन । आँगनबाटै देखिने हिमाल र तालले भोक नमेटिएपछि युवाहरु विदेश हानिन्छन् । र पनि यो देशको सरकारले रोजगारीको नारा लगाउन छाड्दैन । हरेक दिन दुईजनाको हाराहारीमा अन्तराष्ट्रिय विमानस्थलमा आउने लाशका बाक्साहरुले सरकारी घोषणालाई चर्को व्यङ्ग्य गरेको छ । ति लाशहरुसँगै आएका प्रश्नहरुको जवाफ यो सरकारले दिन सक्नपर्छ कि पर्दैन ? आजको मुल प्रश्न हो ।

लोकतन्त्रको प्रश्न पनि यो समय सबैभन्दा जटिल बनेर गएको छ । हिजोको शाहीकालीन समयमा भन्दा पनि बढी लोकतन्त्रको मजाक यो सरकारले उडाईरहेको छ । प्रश्न गर्ने बित्तिकै ठेगान लगाउने नीतिमा अगाडी बढेको सरकारलाई गरिब र गरिबीको चिन्ता छैन ठुला व्यापारीको चिन्ता छ । राष्ट्रियताको चर्को नारा लगाउँदै राष्ट्रको सम्पति भाडामा दिएर लुट मच्चाउन यो सरकार कम्मर कसेर लागेको देखिन्छ ।

सामान्य नागरिकको गरिखान पाउने अधिकारलाई बन्देज गर्दै कर आतंक सिर्जना गरेको छ । तर उसलाई एनसेलले कर नतिर्दा टाउको दुख्दैन । निजी स्कुल र हस्पिटलहरुले खुलेआम लुट मच्चाउदा पनि दुख्दैन । किनकी उनिहरुको आम्दानीको स्रोत नै तिनै हुन ।

 सरकार सरकारी सम्पति व्यापारीलाई सुम्पदै भन्छ ‘यति र गोकर्ण रिसोर्टको बारे बोल्नुको अर्थ छैन ।’ अर्थ त सरकारले निर्मलाको न्याय खोज्दा पनि भेटेको थिएन । बालुवाटारको जग्गा खोज्दा पनि भेटिएन । देशका ठुलाठुला घोटलाको पनि अर्थ भेट्दैन यो सरकारले । वाईडबडी सकियो । बालुवाटार सकियो । बुढिगण्डकी पनि सकियो । त्यो असिबर्षको विचमा सबैभन्दा वढी वेरोजगारी, परनिर्भरता र वेथिति किन अहिले नै बढिरहेको छ भन्ने प्रश्न गर्ने हो भने यो सरकारका प्रवक्ताले प्रश्नकर्ताको मजाक उडाउदै भन्नेछन्, यो बिरोधीले फैल्याएको भ्रम हो ।

 

‘नेपाल भ्रमण वर्षलाई सफल बनाउन’ वैदेशिक रोजगारीमा जाने मदजुरले भिजिट नेपालको टिसर्ट लाउने कुराले त झन देशको भद्दा मजाक गरिरहेको छ । जुन देशले युवालाई आफ्नै देशमा राख्ने प्रवन्ध गर्न सक्दैन त्यो देशले पर्यटकहरुको स्वागत र सत्कारमा के मौलिकता दिन सक्ला ?

 

अझै उनले थप्नेछन जनता भएर प्रश्न गर्नुस । जनताका जीवन कसरी गुज्रिएको छ उनलाई थाहा छैन । दिनरात पसिना बगाएर पनि भोकै मर्नुपर्ने अवस्थामा पिल्सेका जनतालाई मर्ने भन्दा पनि बाँच्ने चिन्ताले सताईरहेको हुन्छ । बाँच्न वा बचाउनका लागि गर्नुपर्ने खर्चको डरले जनता बेफिक्रि हस्पिटलका छतबाट हामफाल्छन् । हस्पिटलका सिलिङमा पासो लगाएर मर्छन । उपचारले घरखेत भएर बर्षे नदिको भेलमा बर्षेनि हराउनेहरुको संख्या बढ्दैछ । र पनि सरकार भन्छ ‘जनतालाई सुख चयन छ ।’

हिजोका राजाले दुध र भात नि खान पाएनन् ? भनेझैं यो सरकार पाँचतारे होटलबाट कुर्लिदै भन्छ, ‘देशमा खुसचयन छ ।’ आखिर प्रधानमन्त्रीको दिनदिनैको डाईलियासिस भएको छ । गाउँतिर आमाहरु हरेकदिन आङ खसेर मरेका छन् । सुत्केरीहरु डोकोमा मरिरहेका छन् । छाउगोठमा चेलीहरु मरिरहेका छन् । युवाहरु देशमा कुनै सम्भावना नदेखेर सुन्दर घर बनाउने सपना साँचेर हरेक दिन देश छोडिरहेका छन् ।

सरकार सडकमा ठेला हटाएकोमा आनन्द मान्छ । तर ति ठेला घचट्नेहरुको जिन्दगी आज कसरी घिस्रिएको छ ? सुन्न चाहदैन । माग्नेहरुलाई सडकबाट खेद्न योजना बनाएको सरकारले मान्छेहरुलाई किन मगन्ते बनायो भन्ने बहस गर्न सक्दैन ।

 

जनताका जीवन कसरी गुज्रिएको छ उनलाई थाहा छैन । दिनरात पसिना बगाएर पनि भोकै मर्नुपर्ने अवस्थामा पिल्सेका जनतालाई मर्ने भन्दा पनि बाँच्ने चिन्ताले सताईरहेको हुन्छ । बाँच्न वा बचाउनका लागि गर्नुपर्ने खर्चको डरले जनता बेफिक्रि हस्पिटलका छतबाट हामफाल्छन् । हस्पिटलका सिलिङमा पासो लगाएर मर्छन । उपचारले घरखेत भएर बर्षे नदिको भेलमा बर्षेनि हराउनेहरुको संख्या बढ्दैछ । र पनि सरकार भन्छ ‘जनतालाई सुख चयन छ ।’

 

यतिले चिथोरेपछि होर्डिङ च्यात्न दगुरेका गृहमन्त्रीले त्यसको आडमा बाँचेका श्रमिकहरुको पेटमा लात मारेर सम्बृद्धिको सपना देखिरहेका छन् । होर्डिङलाई समयअनुकुल बनाउने हो कि फाल्ने ? भन्ने सामान्य ख्याल पनि नभएका कम्युनिष्ट नेताको घोषणाले कति जनालाई घरबारबिहिन बनाएको छ सोचिएको छैन । हामीलाई हाम्रो देश हाम्रोजस्तो बनाउन भन्दा पनि बिदेशजस्तो बनाउन भ्याईनभ्याई छ । आफ्नै मौलिकता नभएको देशले विश्वमा कसरी मौलिक  परिचय बनाउन सक्छ ? आजको मुल प्रश्न हो ।

हामीले कुरुपताको परिभाषा समेत एडप्ट गरेका छौँ । बिश्व पुँजीबजारमा रहिआएका मान्यताहरुलाई फलो गर्दै हामीले श्रमिकहरुको पेटमा लात मारिरहेका छौँ । हामीले रिक्सा हटाउने भन्यौँ हटायौँ तर आज रिक्सा चलाउनेहरु कहाँ छन् ? फुटपाथ बिस्थापित ग¥यौँ तर आज डोकेहरु कहाँ के गरिरहेका छन् ? प्रश्नहरु गम्भिर बनेर आएका छन् । दिनदिनै जनतालाई सुकुम्बासी बनाउने र देशको अर्थतन्त्र केहि पुँजीवादीको हातमा लैजाने सम्बृद्धिले के मुलुकको बिकास गर्नसक्छ ? जनताको जीवनस्तर उकास्न सक्छ ? आजको मुल बहस यो हो ।

समानताको नारा लगाउँदै सरकारमा पुगेर झन ठुलो असमानताको खाडल पैदा गर्ने दम्भधारी दुईतिहाईको सरकारले हाम्रा समस्याहरुको अन्त्य गर्न सक्छ ? देशभरि रहेका सबै जनतालाई यो मेरो देश हो भन्ने अनुभुति दिलाउन सक्छ ?

जुन देशको सरकारले बिश्वबिद्यालय राजनीतिक नियुक्तिको भरमा चलाउँछ, त्यो देशको शिक्षाप्राणाली कस्तो छ भनेर बाहिर हेरिरहनु पर्ने अवस्था रहदैन । स्वास्थ्य क्षेत्रमा उस्तै माफियाकरण छ । अनि यो सरकार भएकै कारण जनतालाई के कुराको राहत मिलेको छ ? चित्त बुझाउने ठाउँ कहाँ छ ? उनीहरुले कहिलेकाहिँ आँफै लेखेको घोषणापत्र पढुन् र सभा गरेर भन्ने हिम्मत गरुन मैले यो प्रतिवद्धता पुरा गरें ।

 

जुन देशको सरकारले बिश्वबिद्यालय राजनीतिक नियुक्तिको भरमा चलाउँछ, त्यो देशको शिक्षाप्राणाली कस्तो छ भनेर बाहिर हेरिरहनु पर्ने अवस्था रहदैन । स्वास्थ्य क्षेत्रमा उस्तै माफियाकरण छ । अनि यो सरकार भएकै कारण जनतालाई के कुराको राहत मिलेको छ ? चित्त बुझाउने ठाउँ कहाँ छ ?

 

प्रश्न गर्नेहरुलाई जिव्रो थुतिदिउँला झंै गर्छ । प्रश्नको जवाफ दिन भन्दा जनताको गरिविको भद्दा मजाक उडाउँछ । र पनि जनताले चुपचाप सहिरहन पर्ने यो कस्तो व्यवस्था हो ? अझैँ पनि प्रश्न नगर्ने हो भन्ने बाँच्ने डरमा मर्नेहरुको संख्यामा कमि आउने छैन ।

poksaugat@gmail.com

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?