NTHMC
aama movie

तँपाईको मुल्य कति

सौगात पोखरेल

उपनिर्वाचनसँगै पार्टी र दलहरुले तपाईको मुल्य निर्धारण गर्नेछ । दल र दलका एजेण्टहरु तपाईको मत किन तपाईकै घरसम्म आईपुग्छ । प्रत्येक चुनावमा गातामात्र फेरिएर आएको घोषणापत्र त हिजोअस्ति नै आईपुग्यो होला । जहा सपनाको व्यापार मज्जाले गरिएको थियो ।
चुनावमासँगै कम्मल आउछ, अरुबेला पानी नआउने धारामा पानी पनि आउछ । आउछ उसैगरि धन कमाउन गएको आफ्नो सन्तानलाई देश फर्काउने कुरा त्यत्ति मात्र कहाँ होर ? काम पर्दा तपाईको फोन नउठाउने नेता धान चुट्न आउछ, भैसि दुहुन आउछ । पहिले तपाईलाई सपना बाढ्न ,पछि लोभ देखाउछ अनि तपाईलाई किन्न खोज्छ । तपाई बेचिनुभएन भने धम्याउछ,थर्काउछ र पिट्न पनि खोज्छ । चुनावहरु यसरी त भईरहेका छन् ।
चुनावका केहि पाटोहरुको बारे केहि छलफल गरौँ । बर्षदिनभरी पार्टी र नेतालाई गाली गरेर बस्ने हामी चुनावको बेला दलको झण्डा बोकेर फलानोलाई बिजयी बनाउ भनेर दौडिरहेका हुन्छौँ । नदौडनेहरु आफ्नो भोटको मुल्य खोजेर बसेका हुन्छन् । अरुबेला आलोचनात्मक चेत राख्नेहरु चुनावको बेला नेताले दिशालाई यो प्रसाद हो भने पनि सहमतीमा मुन्टो हल्लाउछन् । अरुबेला चिया पसलमा बसेर आदर्शको गफ छाट्नेहरु एकछाक मासुभातमा ,एक ट्याङ्की तेलमा बिकेको सत्य कसैले लुकाएर लुक्नेवाला छैन ।
खासमा यतिबेला मतदाताले सम्झाउनुपर्ने थियो नेताहरुलाई पुराना सपना ,देखाईदिन पर्ने थियो पुराना तस्विरहरु , गर्नुपर्ने थियो प्रश्न तर यसो किन भईरहेका छैन ? कारण हामी हाटबजारमा बिक्रिका लागि राखिएका खशि बोका भएका छौँ । ग्राहकजसरी नै आउछन् किन्नलाई मोलमोलाई चल्छ । हामी आँफैले आफ्नो मुल्य तोक्छौँ । बेचिदिन्छौँ एकथान भोट हजार, दुई हजार र पाँच हजारमा अनि चुनाव सकिन्छ हामी उसैलाई गाली गर्न थाल्छौँ ।
हामीलाई चुनावमा एकभोटले के हुन्छ भन्ने पनि लाग्न सक्छ । तर तँपाईको एकभोटले भोली देश बेचिन सक्छ । भोली तपाईको जीन्दगी कता लैजाने भन्ने अर्थ लाग्छ । आज तँपाईले पैसा लिएर हालेको भोटले तँपाई धेरै बर्ष पछुताएर बस्न पर्छ । जसरी अघिल्लो निर्वाचनमा युवा रोजगारको नारा लगाउदै घरदैलोमा हिडेका युवाहरु खाडीमा पसिना बगाईरहेका छन् । समानताको नारा लगाएर हिडेका महिलाहरु आज कुवेतमा बेचिएकी छीन् ।
खासमा चुनावको बेला जनताहरुले गनुपर्ने त प्रश्नहरु थिए । तर जनताहरु अरुले प्रश्न होईन गाली गर्छन । चुनावको बेला प्रश्न गर्न पनि जनाउछन् । उनिहरुलाई आफ्नो भोटको मुल्य फुत्किहाल्छ कि भन्ने भ्रम छ । निर्वाचनको बेला कहाँ कहाँको मत कतिकति बिक्छ । सबै पार्टीका नेताहरुलाई थाह छ । दिनभर चुनावी सभामा आदर्शका गफ छाट्ने नेता राति भएपछि हाम्रो मत किन्न ब्रिफकेसमा पैसा बोकेर घरघर आईपुग्छ ।
पैसा बुझ्छौ र मत बेच्छौँ अनि हामी भन्छौ देश बनेन । हामी हाम्रो सुन्दर देश बनाउने सपना केहि हजारमा बेच्छौँ ।
आउनुहोस एकपटक फेरी हामी हाम्रा सपनाहरुलाई लत्याएर केहि हजारमा बेचिदिउ एक भोट र बसौ गाली गरेर जीन्दगीभर उनै नेतालाई गाली गरेर बसौँला । हामी खासमा मान्छे कम माल ज्यादा भएका छौँ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?