NMB Bank

दशैँका दुख

सौगात पोखरेल

पाेखरा
घटना १
मौसमसँगै खुलेको हिमाल छुम्लाझै गरि उडेका चरिका चिरविरको संगीतसँगै पिङहरु आकाश छुलाझै गरेर मच्चीमच्ची नाँच्छन् । ठिक त्यहि समयमा बृद्धा आश्रममा आमाहरुको मनभरी कालो बादल मडारिन्छ । जिन्दगीको रङ्ग उडेर सादा बनेको बुढ्यौली समयले एकाएक बर्षौ पहिलेको दशैँ सम्झन्छ , छोराछोरीको चिचिपापा र नानाको जिद्दीपन अनि रुन्छीन मन गाँठो पारेर घर र सन्तान सम्झेर फुलमाया आमा ।
सन्तान सुखका लागि गामबेसि नापीरहने फुटेको कुरकुच्चा आज पनि उस्तै छ । छोराछोरीको सम्झना उस्तै ताजा छन् । छैन त केवल बिरामी हुँदा पानी तताएर दिने सन्तान छैनन् । थालीभरी मुछिएका राता अक्षताहरु पनि छन् । लगाईदिने छोरोछोरी छैनन् । छोराछोरी नभएका पनि होईनन् ,आजकाल छोराछोरीले उनलाई चिन्दैनन् । दाउरोको भारीमाथी राखेर हुर्काएको सन्तानको भार बनेपछि आज आमा बृद्धआश्रममा छिन् । फुलमायाजस्तै थुप्रै बाआमाहरु यति बेला मन मलिन बनाएर बिगत बिर्साउने बाहनामा हरेराम हरेशिव जपिरहेका छन् ।
घटना २
घरअघि मच्चीरहेको पिङ्ग,घरकै छत भएर उडिरहेको हवाई जहाज ,त्यहि जहाज चढेर उढेको सन्तमानको सपना आज अमेरीका छ । घरमा मिठामिठा खाना पाकेको बेला सन्तमानको श्रीमती छोरो सम्झिन्छीन अनि रुन्छिन पछ्यौराले मुख छोपेर । सन्तमान पनि नरुने त होईन छतमा गएर जहाज हेर्दै रुन्छ । अनि सम्झन्छ छोरालाई दशैँमा किनिदिएको स्कुलको सर्ट र कमिज,टुँडीखेलमा छोराले छानीछानी किनेको च्याङ्ग्रा उसैगरि सम्झन्छ छोराको रंगिन सपना पुरा गर्न आँफुले बिताएको सादा जिन्दगी । सन्तमानकी श्रीमती अरुको सन्तान घर फर्किएको बाटोतिरै हेरेर रोईबस्छिन् । अनि जान्छीन छिमेकीकोमा छोरासँग फेसबुकबाट बोल्न तर छोरा अफलाईन छ ।

घटना ३
जनयुद्धको बेला छोरा गुमाएर बसेकी आमालाई दशैको कुनै रंगले छोएन । न छोयो उनकी बुहारीलाई दशैको टीकाले ,निधारभरी रातो टीका लगाएर हिडेका जोडी देखेर कोठामा गई चुक्कुल लगाएर डाँको छाडेर रुन्छिन् देवि भाउजु । बाआमासँगै हिडेका केटाकेटीलाई देखेर छात्ती पिटेर रुन्छ प्रकाश बाको अनुहार सम्झीएर , आमा भन्छिन् –‘यो दशै किन आईरहन्छन् दुखिलाई झन दुख सम्झाउन ।’
घटना ४
युद्धको समयमा बेपत्ता छोराको सम्झनामा जिन्दगीको दशौँ बर्ष रोएर बिताएको मोतिमाया आमालाई दशैले कुनै उमंग छर्न सक्दैन । बरु उनि हरेक दशैमा चढिरहन्छीन दुखको पहाड , दशै मान्न बाटोमा हिडेकाहरुलाई छोराजस्तै लागेर हेरिरहन्छीन बाटो अनि झारिरहन्छीन आँशु ।

घटना ५
सडकमा बोरा ओछ्याएर सुतिरहेको बालक , सबैको निधारमा टिका देख्छ र सोच्छ मेरो निधार किन खाली छ ? निधारमा टीका नलगाएकाहरुलाई फेरी सोध्छ तँपाईले चाही किन टिका नलगाउनु भएको ? बदलामा बराखी परेको उत्तर पाउछ र मनमनै गम्छ मलाईचाँहि किन सधै बराखी पर्छ ।

एकपटक यसरी पनि सोच्ने कि ?

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?