NTHMC
aama movie

सत्ता त सत्ता नै हो नि ब्रो

  • सौगात पोखरेल

खासमा शासकहरुले सत्ता दिर्घकालिन हुन्छ भन्ने सम्झिन्छन् । तर सत्य त्यस्तो हुँदैन सत्ता र शक्ति कहिल्यै पनि दिर्घकालिन हुँदैन । आज बिश्व राजनीतिमा अतिवादीहरुको हावा चलिहरेको छ । नेपालको ओली,भारतको मोदी अमेरिकाको ट्रम्प त्यसैको भद्दा नमुना हो ।
अमेरिका यतिवेला इरानको सैनिक कमाण्डरको हत्या गरेर बिश्वलाई आँफु शक्तिशाली भएको उदारण पेश गरिरहेको छ । अमेरिकाले इरानलाई आतंकबादी गतिविधिसँग जोडेर इरानमाथी हमला गरिरहेको छ । अमेरिकालाई अमेरिकाको कुराप्रति असहति राख्नेहरु आतंकबादी लाग्छ । प्रश्न गर्नेहरुलाई आतंकबाद निर्मुलको नारा दिएर अमेरीकाले ठेगान लगाईहाल्छ । भारतमा मोदीप्रति प्रश्न गर्नेहरुलाई भाजपा सरकारले ठेगान लगाउने निति बनाउछ । उनिहरु भन्छन, भाजपा सरकार र त्यसका प्रधानमन्त्रीलाई प्रश्न गर्नेहरु राष्ट्रघाती हुन् ।
यतिवेला भारतमा बिजेपीलाई जितको धङ्धङ्ी छ । त्यसैको आडमा उनिहरुले त्यहाँ रहेका मोदी बिरोधीहरुलाई ठेगान लगाउनको लागि नागरिकता सम्बन्धी बिधेयक ल्याएको छ । त्यसैको जगमा अन्य मुद्दाहरु पनि फेरि व्युँतिएका छन् । विजेपी सरकारको बिरोध गर्नेहरुलाई सकरभर कानुनी तवरले ठेगान लगाउने त्यो पनि सकिएन भने प्रहरी प्रशासन लगाएर ठेगान लगाउने र त्यो पनि सकिएन भने भाडाका मान्छेहरु प्रयोग गरेर प्रश्न गर्नेहरुलाई ठेगान लगाउने नितिमा यतिवेला मोदी सरकार छ । दील्लीमा केजरीवालको सरकार भएको कारण प्रहरी प्रशासन र कानुन प्रयोग गरेर ठेगान लगाउने प्रयास असफल भएपछि जेएनयुमा भाजपाले भाडाका मान्छेहरु लगेर आफ्नो बिद्यार्थी संगठनको सहयोगमा विद्यार्थी र प्राध्यपकहरुमाथी धरपकडको थालनी गरेको थियो । घटना भएको केहि समयमा नै सिसि क्यामेराको फुटेज बाहिरिए पछि मिडिया र जनताहरु पुगेपछि मोदीको योजना खासमा सफल हुन सकेन । जेएनयुको बाहिरपट्टी हजारौँको संख्यामा रहेका जनताहरु गेट खोलेर भित्र प्रवेश गरे र त्यहाँ रहेका बिद्यार्थीहरुलाई बाहिर निकाल्न र नकावधारीहरुलाई भगाउन सफल भएका छन् ।
जेएनयु आक्रमणको सम्पुर्ण तयारी गरेर छिरेको बिजेपीलाई सामाजिक संजाल र मिडियाले असफल बनाएर खेदेको छ । सुचना र प्रविधिको युगमा लाठिको भरमा प्रश्नकर्तालाई ठेगान लगाउछु भन्ने मोदी सरकारको योजना पुरै असफल भएको छ । मोदी सरकारको सफेद पोशाकमा यतिवेला बिभाजनको रगत लतपतिएको कुरालाई कसैले पनि नकार्न सक्दैन । एकताको कुरा गर्ने तर जातजातमा बिभाजन पैदा गरेर त्यसकै जगमा राजनीति गर्ने मोदीको सपनालाई जेएनयुले फेरिएकपट चकनाचुर पारिदिएको छ । जसरी अमेरीकाले आफ्नो बिरोधीहरुलाई आतंकबादीको संज्ञा दिँदै बम बर्षा गरेर ठेगान लगाउने अभियान चलाएको छ । त्यसकै नक्कल गरेर भारतमा मोदीले आफ्ना बिरोधीहरुलाई सरकारी बिरोधी वा अराष्ट्रबादी भन्दै बिभिन्न कलाकौशल प्रयोग गरेर ठेगान लगाउने निति लिएको छ ।
आखिर सत्ता त सत्ता नै त हो ब्रो बिश्वभर अतिवादीहरुको दवदवा चलिरहेको बेलामा नेपालमा पनि ओली सरकारले दादागिरि चलिरहेको छ । यतिवेला सामाजिक संजालमा जेएनयुकाण्डले चर्चा पाएको छ । त्यहाँ प्रश्न गर्नेहरुलाई जसरी मोदीले ठेगान लगाउन खोजिरहेको छ । आज नेपालमा ओलीले पनि त्यसैको सिको गरिरहेका छन् । त्यसकारण आज मानवताको मुद्दा भन्दा पनि राष्ट्रियताको मुद्दा चर्को रुपमा अगाडी बढिरहेको छ । राष्ट्रिय सम्पति बेचेर कमिशन खानेहरुलाई यतिबेला राष्ट्रियताको मुद्दाले खुव दुखेको भान हुन्छ । एनसेलले कर खायो । बुढीगण्डकी गेजुवाले चौपट पा¥यो । गोकर्ण लगायतका थुप्रै सरकारी सम्पति यतिले कौडिको भाउमा झ्वाम पा¥यो । त्यतिले भएन भन्दै वाइडवडी सामसुम भयो । बालुवाटारको जग्गा नै गायव भयो । जहाँ ओलीका पार्टीका महासचिव नै मुछिए । मेडिकल माफियाहरुको बिरुद्ध भएको आन्दोलनलाई दमन गरेर माफियाँहरुसँग डिनर गर्ने ओली र प्रचण्ड नै हुन् ।
यस्ता बिभिन्न काण्डहरुमा प्रश्न गर्नेहरुलाई ठेगान लगाउनका लागि सुचना बिधेयक आयो । यस्ता काण्डहरुको बिषयमा प्रश्न उठाउनेहरुलाई अपराधी बनाएर जेल कोच्ने योजनामा ओली सरकार लागेको देखिन्छ । बिभिन्न प्रकारका काण्डहरुको बारेमा उत्तर दिनुको सट्टामा प्रश्न गर्नेहरुलाई ठेगा लगाउने निति लिएको ओली सरकारलाई किसानको आँशुले दुख्दैन । निर्मलाको चित्कारले बोल्दैन तर सामाजिक संजालका गालीहरुले घोचिरहन्छ । ओली सरकार र त्यसका अरिङ्गालहरु सामाजिक संजालमा आएका प्रतिक्रियाले रातिभर निदाउन सक्दैनन र झस्कीरहन्छन् । उनिहरुको एउटै लक्ष्य हुन्छ । प्रश्न गर्नेहरुलाई ठेगान लगाउने । उनिहरुलई लाग्दो सरकार र सत्ता स्थायि हुन्छ । तर सत्य त्यसको हुँदैन ।
आज बिश्वभर लोकतन्त्र अतिबादीहरुको कारण सबैभन्दा बढि खतरामा परेको छ । लोकतन्त्रको हिमायतिजस्तो देखिने तर प्रश्न गर्नेहरुलाई ठेगान लगाउने नितिले आजको बिश्व राजनीतिलाई फेरि सामान्तबादी युगमा धकाल्ने खतरा बढेर गएको छ । आसेपासे र आफन्तलाई पोस्ने क्रोनिक्यापिटालिज्मले लोकतन्त्रमाथी ठुलो प्रहार गरिरहेको छ । झट्ट देख्दा सामान्यजस्तो लाग्ने बिषयले हाम्रो जीवनमा दिर्घकालिन असर गरिरहको छ । अव पनि हामी नवोल्ने हो भने दास हुन राजी हुन पर्नेछ ।
त्यसैले आउनुहोस लोकतन्त्र रक्षाका लागि सबैखालका अतिबादको बिरुद्ध बोलौँ चाहे त्यो अमेरिकाले इरानमाथी गरेको आक्रमण होस कि भाजपाले जेएनयुमा ठोकेको लाठिको बिरुद्ध होस वा त ओलीले मेडिकल स्टुडेण्टहरुमाथी गरेको वर्वर दमन र सुचना बिधेकमार्फत वाक स्वतन्त्रतामाथी लगाउन खोजेको अंकुसको बिरुद्ध होस ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?