ICAS

दिल्लीमा आम आदमीको फेरि पनि दवदवा

सौगात पोखरेल l यतिवेला भारतमा दिल्ली प्रदेश सरकारको निर्वाचन सकिएको छ । दिल्लीमा भएको निर्वाचनले भारतिय राजनीतिमा हलचल पैदा गरेको छ । लामो समयदेखि भारतको राजनीतिमा दवदवा राख्दै आएको दललाई सामाजिक विसंगति विरुद्ध अनसन थालेर बैकल्पिक राजनीति गरेको आम आदमी पार्टीले शिला खोजेझै खोज्नुपर्ने परिस्थितिको निर्माण गरिदिएको छ ।

एउटा सामान्य कर्मचारीको नेतृत्वमा बनेको पार्टीले आजभन्दा ५ वर्ष अगाडी भएको निर्वाचनमा अत्याधिक ९० प्रतिशत सिटमा वियजहाँसिल गरेसँगै दिल्लीमा आमुल परिवर्तन भएको छ । आम आदमीको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री केजरीवालको नेतृत्वको प्रदेश सरकारले शिक्षा,स्वास्थ्य ,यातायात , खानेपानी र सामाजिक सुरक्षाको क्षेत्रमा आमुल परिवर्त गरेको छ ।

Parichay
Infomatics

आजभन्दा पाँच बर्ष अगाडी गरिवहरुले मात्र आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउने गर्थे । सरकारी स्कुलमा अवस्था अहिलेको नेपालको भन्दा पनि नाजुक थियो । केजरीवालको सरकार बनेपछि कोहि पनि बच्चा र अभिभावकहरुले सरकारी विद्यालय पढेकोमा हिनताबोधमा रहनुपरेन । निजि स्कुलको भन्दा राम्रो रिजल्ट सरकारी स्कुलमा पढ्ने बिद्यालयले ल्याउने परिस्थितिको निर्माण भयो । केजरीवाल सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीले शैक्षिक नतिजामा त सुधार ग¥यो नै त्यो संगै सरकारी बिद्यालयहरुको भौतिक पुर्वाधारको बिकासमा पनि ठुलो क्रान्ति ग¥यो ।

दिल्लिका सरकारी अस्पालहरुमा डाक्टर भेटिदैन थिए भेटिहाले भने पनि प्राइभेट हस्पिटलमा जानका लागि सिफारिस गर्थे । तत्कालिन समयमा उपचार गराउँदा दिल्लीमा हजारौँको संख्यामा जनताहरु घरबार हुन परेको थियो । केहि मान्छेहरुले उपाचारको पैसा तिर्न नसकेर दिल्लीका निजि अस्पतालहरुबाट हाम्फालेर आत्महत्या गरेका थिए । जव केजरीवालको सरकार वन्यो तव जनताहरुले उपचार गराउने दुखमा घर खेत बेच्न परेन बरु सरकारले निजि अस्पताहरुमा भन्दा पनि स्तरिय सेवा निःशुल्क प्रदान गर्दै आयो । यो ५ बर्षको समयमा कुनै पनि नागरिकले उपचारको बिल तिरेर अस्पतालको छतबाट हाम्फाल्न परेन । त्यसैको परिणाम आज दिल्लीको जनताहरुको उपचारको प्रमुख रोजाई सरकारी अस्पताल नै बन्दै गएको छ ।

भारतमा केजरीवालको सरकार बन्नुअघि मुश्किलले दैनिक १० घण्टा मात्र बिजुली आउथ्यो । बिजुली व्यवस्थापनको लागि जनताले सोलार र इन्भर्टरको खरिद गर्नुपर्ने बाध्यता थियो । अतिरित्त लगानी गर्न नसक्नेहरु दिल्लिजस्तो शहरमा पनि टुकी बालेर बस्नुपर्ने बाध्यतिा थियो । आज अहिले दिल्लीमा २४ घण्टा बत्ति आउछ । दिल्लिका जनताहरुले मासिक २०० युनिटसम्म बिजुली निःशुल्क उपभोग गर्न पाउँछन् ।

दिल्लीमा यातायातको उत्तिकै समस्या थियो । पट्यारलाग्दो घण्टौको सडक जामले जनताको जिवस्तरलाई पुरै अस्तव्यस्त बनाएको थियो । सहरलाई उत्तिकै कुरुप बनाएको थियो । जनतासँगको सहकार्यमा साना गाडीहरुको बिस्थापन र ठुला गाडीकोका प्रतिस्थापनले दिल्लिका आधाआधी ट्राफिक समस्याको हल ग¥यो । थप समस्या हलका लागि केजरीबाल सरकारले जोरबिजोर प्राणालीको स्थापना गरेको थियो । दिल्लिको ट्राफिक व्यबस्थापनमा पनि यो पाँच बर्षको ठुलो परिवर्तन नै ल्यायो ।

खानेपानीको अवस्था पनि दिल्लिमा उस्तै बिजोग थियो । दिल्लीका ८० प्रतिशत स्थानहरुमा पानीको समस्या थियो । तर अहिले पाँच बर्षको अन्तरालमा नै ९० प्रतिशत स्थानहरुमा पानीको समस्या अन्त्य भयो । बाँकी दश प्रतिशत स्थानहरुको समस्या पनि अव हल गर्ने आम आदमी पार्टीले बताएको छ ।

दिल्लीको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्ट्राचार थियो । भ्रष्ट्राचार उन्मुलन गर्ने मागसहित गठन भएको पार्टीले सरकारको नेतृत्व गर्दा भ्रष्ट्राचार लगभग २ प्रतिशतमा झरेको छ । सरकार र त्यसको नेतृत्व चाहेको खण्डमा भ्रष्ट्राचारलाई सुन्य अवस्थामा झार्न सकिन्छ भन्ने कुराको नमुना पनि पाँच बर्षको अवधीमा केजरीवाल सरकारले उदारण दिएको छ ।

अन्य समस्याहरुजस्तै दिल्लीमा फोहोरमैलाको समस्यामा पनि व्यापक थियो त्यो समस्याको पनि अहिले धेरै अन्त्य भएको छ । गर्मीको समयमा डेङ्गुको डरले त्राहीमान रहने दिल्ली यतिवेला त्यो डरबाट मुक्त बन्न खोजेको छ । उद्योग धन्दाबाट निस्कने धुलो धुवाको व्यवस्थापन सबैभन्दा लोभलाग्दो छ ।

दिल्लीमा रहेका वृद्धवृद्धाहरुले वृद्धा भत्ता पाउँदैन वरु उनिहरुलाई तिर्थ यात्राको व्यबस्थापन सरकारले गरिदिएको छ । युवाहरुले नयाँ गर्छु भनेर योजना लिएर गएको खण्डमा सरकारले सहयोग गर्नेछ । वेरोजगारीको संख्या धेरै घटेको छ ।

दिल्लीको अर्को समस्या भनेको अपराधीक गतिविधि पनि थियो । त्यसको नियन्त्रणका लागि केजरीवाल सरकारले अहम भुमिका खेलेको छ । प्रहरीको आत्मवलमा बृद्धि गर्नका लागि कोहि प्रहरी सहिद भयो भने एक करोड दिदै आएको छ । त्यो सँगै अपराध नियन्त्रणका लागि केजरीवाल सरकारले ५ लाख स्ट्रिट लाईट र सिसि टिभी लगाउने भएको त्यो मध्ये दुई लाख पचास हजार लाईट र क्यामेरा लगाईसकिएको छ । त्यसले अपराधीक गतिविधिको अन्त्यको लागि महत्वपुर्ण भुमिका खेलेको छ । जनताले प्रहरीलाई खवर गरेको पाँच मिनेटमा दिल्लीको जुनसुकै कुनामा प्रहरी पुग्ने परिस्थितिको निर्माण भएको छ । यद्यपी केन्द्र सरकारले दिल्ली सरकारलाई यो कामबाट रोक्नको लागि प्रहरी परिचालनको अधिकार आजसम्म दिएको छैन ।

अर्को कुरा के छ भने केजरीवाल सरकारले महिलाहरुलाई यातायात सुविधा निःशुल्क गरिदिएको छ । सरकारले चाहेको खण्डमा पाँच वर्षमा पनि आमुल परिवर्तन गर्न सक्ने रहेछ भन्ने कुराको उदारण यतिवेला दिल्ली सरकारले देखाईदिएको छ ।

केजरीवाल सरकारको समयअवधी सकिनै लाग्दा भएको निर्वाचनको समयमा पनि केजरीवालाई फेरी मुख्यमन्त्री बनाउने योजनको साथ दिल्लीमा आमआदमी पार्टी चुनावमा भाग लिएको छ । मिडियाहरुले निकाले एक्जित पोललाई हेर्ने हो भने दिल्लीको ७० सिटमा आम आदमी पार्टीले ६९ र भारतिय जनता पार्टीले १ सिट जित्ने अनुमान गरिएको छ । अर्को रमाईलो कुरा के छ भने दिल्लीका मतदाताले पार्टीको काम कारबाहि हेरेर मतदान गर्ने कुराको शंकेत गरेको देख्न सकिन्छ । केन्द्र सरकारमा मोदीलाई र प्रदेश सरकारमा केजरीवालको पक्षमा देखिएको जनलहरले पनि पनि के देखाउँछ भने जनताहरु आफ्नो अवस्था परिवर्तनका लागि भोट परिवर्तन गर्न पनि पछि पर्ने छैनन् । जनता कुनैपार्टीको दास भन्दा पनि पार्टी र नेताको एजेण्डा हेरेर मात्र मतदान गर्ने चेतनशिल मतदाताहरुको मतको कारणले पनि दिल्लीमा फेरि आमआदमी पार्टी र केजरीवालको दवदवा कायम हुने कुरामा कुनै दुईमत छैन ।

अन्य कुरामा भारतको सिको गर्ने नेपाली राजनीतिक दलहरुले दिल्लीमा केजरीवाल सरकारले गरेको कामको मात्र सिको गरेभनि मात्र पनि नेपालको आमुल परिवर्तनका लागि उतिसाह्रो समय कुरिरहनु पर्ने बाध्यता जनतामा हुँदैन । त्यसका लागि राजनीतिक दल र नेताहरुको सोचमा मात्र परिवर्तन भएर संभव हुँदैन बरु जनताको चेतनामा पनि ठुलो क्रान्ति हुन जरुरी देखिन्छ ।

pokhara internet
Comments
Loading...