Parichay add

खेलौना सम्झेर खुट्टा खेलाउछे छोरी (पुर्व छापामारको डायरी )

  • सौगात पोखरेल

यो झरी पर्यो कि उल्झन हुन्छ बिगत बल्झेर आँखा रसाउछ अनयासै , कहिलेकाही डाको छोडेर रुन मन लाग्छ । फेरी मनलागेको कुरा गर्न कहाँ पाईदो रहेछ र ? भर्खर तोते बोल्न सिकेकी छोरी छ । अरुले जे सिकायो त्यहि सिक्छे त्यो भएर पनि धित मरुन्जेल रुन सकेको छैन । झरी पर्यो कि मन मडारिएर आउछ । चिन्ता लाग्छ बिगत सम्झेर , अनेकन कुराहरु खेल्छन मनमा , सिनेमाको दृश्यझै फनफनी घुम्छन युद्धका दृश्यहरु यात्रामा भेटीएर छुटिएका मित्रहरुको तस्विर जोसँग फेरी भेटिन नपाउदै मृत्युका खबरहरु सुनिएका हुन्थे ।

roma

नेताहरुले रोलकालमा गरेका कासन सम्झन्छु । प्रशिक्षण र भेला डाकेर गरिएका मुक्तिका भाषण सम्झन्छु । सुन्दर सपनाजस्तै लाग्छ बर्गबिहिन समाजको परिकल्पना , नशाको मातमा लठ्ठीएर एकै तानमा हिडेकाजस्ता लाग्ने मुक्तियात्रीहरु , खै आज कहाँ छन ति सपनाका व्यापारीहरु म खोजिरहेछु । यस्तै झरी परेको हुँदो हो । मोर्चामा म ढलेको दिन दुश्मनको रेन्जमा हमला बोल्न जाँदा मैले आफ्नो खुट्टा गुमाएको थिएँ । त्यसदिन देखि केहि बर्ष मैले एउटै खुट्टा टेकेर जिन्दगी बिताएको थिएँ । सेना समायोजन भएपछि हामीजस्ता अपाङ्गको सेनामा के काम ? मैले स्वेच्छिक अबकास लिएको थिएँ । अबकासपछि आएको पैसाले मात्र मैले प्लाष्टिको खुट्टा टेक्न थालेको हो । जनबादी संस्कृतीको थालनी गर्नुपर्छ भनेर जनबादी बिबाह गरियो । आफु मगरको छोरा भएपनि बाहुनी केटीसँग बिहे गरियो । यो आन्दोलनको नशा पनि अनौठो प्रकारको हुँदो रहेछ । रक्सिभन्दा बढी मात लाग्ने मातेपछि जड्याहरुले गर्ने ढिपीभन्दा पनि बढी ढिपी गर्न मन लाग्ने हुँदो रहेछ ।

ICAS

अहिले बिगत सम्झन्छु , पिडा हुन्छ । छोरी र बुढीको आँखा छलेर रुन्छु पनि कहिलेकाँही रोएर पनि के फाईदा रोएर मेरो जिन्दगी र खुट्टा फर्कने हैन क्यारे ! यसरी नै चित्त बुझाउछु र पुस्छु आँखाबाट झरेका केहि थान आँशुहरु , चिन्ता मलाई मेरो भन्दा पनि भर्खर तोते बोल्न जानेकी मेरी छोरीको भविष्यको हो । अस्ति ताका टेलिभिजनमा प्रचण्डको नातीनीको आधुनिक गितको एल्बम बिमोचनमा मुस्कुराएका नेताहरुको तस्विरले आँफैलाई गिज्याएको भान हुन्छ । आन्दोलन त कहाँ आएर फसेछ , सोच्छु चित्त बुझाउने ठाँउ कतै भेट्दिन । अस्तिताका एकजना जनबादी गित गाएर हिडेको भाईलाई भेटेको थिएँ । पार्टीमा लागेर छाक टार्न पनि गाह्रो भएको कारण रामघाटको तिरमा बालुवा चाल्ने काम गरेको रहेछ ।

उस्ले भन्दै थियो – ‘एकजना नेताले अफिसमा काम लगाईदिन्छु भनेर बोलायो अनि अनुभब सोध्यो । मलाई पनि रिस उठ्यो र ‘हतियार चलाएको अनुभब र त्यतिले मात्र नपुग्ने हो भने दुईचार जना मान्छे मारेको पनि अनुभब छ । ’ भन्दीए र त्यसले जनताको पैसा लुटेर बनाको अफिसको ढोका हानेर निस्कीएँ ।’ भन्दै थियो । हिजो युद्धको समयमा जनबादी गित गाएर गाउँबस्ती ब्युझाउँदै हिड्ने जनबादी गायकगायीकाहरु अभाबमा तड्पीएको बेला पार्टीका नेताहरु नातीनीको एल्वम बिमोचन कार्यक्रममा मुस्कुराएको देख्दा कस्को मन रुदैन होला र ?

आजका पार्टी कार्यालयमा भन्दा बढी मालपोत कार्यालयमा भेटिन्छन नेताहरु , कमिसनको दलदलमा फसेको छ आन्दोलन , अनि हामीजस्ता घाईतेहरुको कस्ले वास्ता गरोस ? त्यसैले आजकाल पार्टी कार्यलयमा जान पनि छाडीदिएँ । मुडा बुन्न जानेको छु त्यहि बुनेर जिविका चलाएको छु । दुईजनाको त जसोतसो चलेकै थियो जिन्दगी अब त छोरी पनि दिनदिनै ठुली हुँदै छे । बच्चाहरुको स्वभाव पनि अचम्मको हुने प्रश्न सोधेर हैरान बनाउछन् । उस्ले सोध्ने प्रश्नहरुले कहिलेकाही त ऐठन बनाउछ र पेस्तोल लगेर नेताहरुको शिरमा तेस्र्याउ कि झै हुन्छ । घरमा बस्दा फेरी प्लाष्टीकको खुट्टा लगाएर बस्ने कुरा पनिभएर खोलेर खाटको आडमा राख्यो । छोरीले खुट्टा बोकेर दौडाउछे । सायद बुझ्नी भएकी भए उसले त्यसो गर्ने थिईन् । उसले खुट्टालाई खेलौना सम्झेर खेल्छे । उसले खुट्टा खेलाएर बसेको बेलामा कतै जान प¥यो र माग्यो भने रोएर हैरान बनाउछे । त्यहि कुरामा झगडा गरेर आमालाई सताउछे । घरीघरी त गामा चड्काईदिउ झै लाग्छ । तर छोरीलाई हात उठाउन भने सक्दिन । कहिलेकाहि लाग्छ मैले मेरी छोरीलाई प्रशस्त खेलौनाहरु किन्दीन सकेको भए पनि मे छोरीले मेरो खुट्टालाई खेलौना सम्झेर खेल्नुपर्ने थिएन ।

जव छोरीले खेलौना सम्झेर खुट्टा खेलाउछे त्यो समय रुनमनलाग्छ । कहिलेकाहि आँशुपनि थाह नपाईकन झर्दोरहेछ । आँशु झरेको देखेर फेरी छोरीले म रुनुको कारण खोज्दै प्रश्न गर्छे । त्यसपछि झन डाँको छाडेर रुनमनलाग्छ । अगाडी छोरी छे भन्ने कुराको पनि बेवास्ता गर्दै म रोएँ । म रोएको सुनी भने बुढी सम्झाउन आईपुगिहाल्छे । अनि छोरीलाई पिट्न थाल्छे । ‘कस्तो नार्मद हो तपाई केटा मान्छे भएर पनि रुने ?’ बुढीले थर्काएको झसरी सम्झाउछे । त्यसदिन देखि मैले मेरी छोरीले मेरै खुट्टालाई खेलौना सम्झेर खेलाएको देख्दा पनि केहि भनेको छैन । किनकी मैलै अझै पनि मेरी छोरीलाई खेलौना किन्न सकेको छैन । मलाई एउटै कुराको चिन्ताले सताउछ आजकाल कुनदिनबाट छोरी बुझ्ने भएर आफैले खेलाएको खुट्टा सम्झेर डाको छाडेर रुने छे ।

pokhara internet
Comments
Loading...