ICAS

लकडाउनको गेयर परिवर्तन गर सरकार

पोखरा / 

विश्व हाल कोरोना महामारीका कारण आक्रन्त छ । शक्तिशाली भनिने देश समेत कोरोनाबाट अछुतो हुन सकेको छैन। कोरोनाको कुनै भ्याक्सिन तयार नहुनु अहिले विश्वका लागि खतरा घण्टी बजिरहेको छ । सामाजिक दुरि आजको आवश्यकता हो। तर, मानिस मानिस बिचको सम्पर्कले यसलाई फैलाइरहेको छ ।

Parichay
Infomatics

कोरोनाले विश्व अर्थतन्त्रमा ठुलै गिरावट ल्याएको छ। यो अझै अगाडि भयावह स्थिती ल्याउन सक्नेमा दुईमत छैन। कोरोनाले पारेको प्रभाव विश्वस्तरमा भएपछी यसले ओगटेको क्षेत्र फराकिलो भएको छ । सबै मुलुकको ध्यान अहिले केवल कोरोना भाइरस रोकथाम गर्न अग्रसर छ। कसैलै त यसलाई आणविक नभएर बाइलोजिकल तेस्रो विश्व युद्धको संज्ञा समेत दिन थालेका छन् । अझै अमेरिका र चीन बिचको शितद्धन्द्धको रुपमा समेत कोरोना भाइरसलाई लिन थालिएको छ ।

यसको मुख्य कारण अमेरिकि राष्ट्रपती ड्रोनाल्ड ट्रम्पले लगातार कोरोना उत्पत्ती र यसको फैलावटमा चीनको हात रहेको आरोप लगाइरहेका छन।

चीनलाई आफु भन्दा शक्तिशाली कोही छैन भन्ने कुराको पुष्टि गर्नका लागि कोरोना भाइरस उत्पति गरेको आरोप समेत लगाइएको छ। कोरोना कहरले जनजिविका ठप्प छ।नेपालमा समेत लकडाउन जारी छ । बन्दाबन्दीको दुई महिना पुग्नै लाग्दा सरकारको गति आक्रमक हुनुपर्थ्यो। अफसोच जन अपेक्षा अनुरुप काम भएको छैन। कोरोना रोकथामका लागि सरकारले गेयर चेन्ज गर्नुपर्ने हो। लकडाउन थप्नु भनेको यो बिचमा कोरोनासंग लड्न योजना निर्माण र जनशक्ती परिचालन गर्नु पर्ने हो। सरकार लकडाउन थपेर मात्र कोरोना रोकथाम हुने पक्षमा छ। जुन आफैमा गलत हो। कोरोना भाइरसको अन्त्य कहिले हुन्छ कसैलाई थाहा छैन । विश्व स्वास्थ्य संगठनले त झन यसले झन भयावह अवस्था निर्माण हुन सक्ने बताएको छ। संगठनले कोरोना जिवाणु एचआईभी जस्तै रहिरहने आकलन गरिरहेको छ। पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण संख्या बढ्दै गर्दा र दुई जनाको मृत्यु समेत भइरहँदा सरकारले गम्भीर रुपमा लिएको छैन।

नेपालमा तीन तहको सरकार छ । केन्द्र, प्रदेश र स्थानिय । तीनै तहको सरकारको समन्वय कमजोर छ । हरेक स्थानिय तहले अहिलेसम्म गाउँगाउँमा पुगेर परीक्षण गर्नुपर्ने हो । तर, नीतिनिर्माण कागजमा मात्रै सिमित छ । यसो भनिरहँदा केहीले नगरेका होइनन् । जस्तै कास्कीमा रुपागाउँपालिका र अन्नपूर्ण गाउँपालिका अग्रपंत्तीमा छ । नागरिकका समस्यालाई घरमै पुगेर बुझ्ने र उनीहरुको समस्याको समाधान गर्ने तर्फ दुई गाउँपालिकाले गरेको कामकारबाही उल्लेखनिय छ ।

यस्तै काम अरु स्थानिय तहमा समेत हुनुपर्ने हो । लकडाउन थपेर मात्र समस्याको समाधान पक्कै हुदैन । यसको विकल्पमा सरकारले गम्भीर भएर सोच्न जरुरी छ। लकडाउनको मोडालिटी फरक बनाउनुपर्छ । लकडाउनका कारण समस्यामा परेका गरिब, असहाय, असक्त, अपाङ्ग, ज्याला मजदुरी गरेर जिविको गुजार्ने, न्युन आयस्तर भएका मानिसको पीडालाई सरकारले अझै बुझेको छैन । १० केजी चामल राहत स्वरुप बाँडेर मात्र समस्याको समाधान हुदैन । अब उनीहरुको आर्थिक स्थरलाई माथि उकास्न सरकारले पहल गर्नुपर्ने देखिन्छ ।

सरकारले गाउं फर्किएका मानिसको मनोभावनालाई बुझ्नुपर्ने बेला आएको छ । कुर्सीको पछाडी लाग्ने र गुटको राजनीति गर्ने बेला होइन। महामारीका बेला कसरी जोगिने त्यसतर्फ ध्यान सबैको हुनुपर्छ ।

सरकार, आहत गरिबको पेट अझै भरिएको छैन । आफु मात्र मोटाउने प्रवृतिले पछि तिम्रो पेट त भरिनेछ। अन्तत भोकले जन्माउने क्रोधलाई रोक्न तिमी सफल भने पक्कै हुने छैनौं। कोरोना रोकथाम तथा उपचार राहत कोषमा जम्मा गरिएको रकम थन्काएर राखेर मात्र हुँदैन । स्वास्थ्य सामाग्री खरिद गरी स्थानिय तहबाट परीक्षण गर्नुपर्छ । तबमात्र कोरोनालाई हामी नियन्त्रण गर्न सक्छौ ।

सरकारले विदेशमा भएका नेपाली नागरिकको समस्या नसुनेको खबर हामीले पढिरहेकै छौं । विदेशमा काम ठप्प भए के खाने? के लगाउने? स्थितिमा पुगेका आफ्ना नागरिकलाई सरकारले स्वदेश फिर्ता गर्नुपर्छ । भनिन्छ हरेक विपतसँगै अवसर पनि आउँछ । यो नेपालको लागि एउटा राम्रो अवसर बन्न सक्छ । लकडाउन खुलेसँगै र सहजरुपमा अन्तराष्ट्रिय उडान भएसँगै विदेशमा भएका थुप्रै नेपालीहरु स्वदेश फिर्ता हुँदैछन् । उनीहरुलाई सरकारले कृषि क्षेत्रमा लगानी गर्ने सहज वातावरण मिलाउनु पर्ने देखिन्छ ।

सरकारले केन्द्रीकृत विकास योजनालाई विकेन्द्रीकरण गरि गाउँ बनाउनुपर्छ । गाउँका बाँझा खेतबारीमा अन्न फलाउनु पर्छ । अब अरु देशप्रति आश्रित होइन । उत्पादन बढाई अन्तराष्ट्रिय बजारमा हाम्रा उत्पादन पुर्याउनुपर्छ । यो तब मात्र सम्भव छ जब हामी अर्काको रोइलो काड्न छोड्छौ । सरकार पक्ष र प्रतिपक्ष दुवै मिलेर महामारीको अन्त्य तर्फ जुट्न जरुरी छ । अरुमाथी एउटा औँला उठाउँदा हामीले यो पनि ख्याल गर्नुपर्छ की आफुतर्फ चार औँला फर्केको छ । समाजिक दुरी कायम हुने गरी विस्तारै सरकारले लकडाउन खुकुलो पारी अर्थतन्त्र चलायमान बनाउनुपर्छ । विद्यार्थी, व्यवसायी हरेकका समस्याको सम्बोधन गर्ने दायित्व सरकारको हो । अब शिक्षा पनि प्रविधिमैत्री हुन आवश्यक छ । व्यवसायीहरुको पीडालाई यथाशिघ्र सरकारले सुन्नुपर्ने हुन्छ । उनीहरुको लगानीको सुरक्षा तर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता छ । अब सरकारले गेयर चेन्ज गर्न जरुरी छ ।

pokhara internet
Comments
Loading...