ICAS

सञ्जोक बस्यालको शब्दमा विनोद बानियाँको आवाज ‘जित्छौ हामी’ सार्वजनिक(भिडिओ)

पोखरा / 

कोरोना भाइरसका कारण नेपाल हाल लकडाउनमा छ । लकडाउनले सबै क्षेत्र प्रभावित छ । नेपालमा पछिल्लो बढ्दो संक्रमणले मानिस त्रासमा छन् । दुईमहिनाको बन्दाबन्दीले नागरिकलाई पिरोलेको छ । कोरोना महामारी कहिले सम्म रहने हो टुङ्गो छैन । कोरोना कहरकै बिचमा नेपालभारत सिमा विवादको विषय तडकारो रुपमा बल्झिएको छ । कालापानी,लिपुलेक, लिम्पियाधुरा नेपालको भूमी भन्दै नयाँ नक्सा सार्वजनिक गरिएको छ । उता भारतले नेपाल चीनको बोलीमा चलिरहेको आरोप लगाएको छ ।

Parichay
Infomatics

भारतीय मिडियाहरु  नेपालको नक्सा सार्वजनिक गरेसँगै आलोचना गर्दै आएका छन् । यस्तैमा एउटा गीत सार्वजनिक भएको छ । जस्ले राष्ट्रियता बोल्छ । सञ्चारकर्मी सञ्जोक बस्याल र गायक विनोद बानियाँ “जित्छौ हामी” भन्दै आएका छन् । बस्यालको शब्दमा स्वर र सँगीत बानियाँको छ ।

सकसपूर्ण समयको पार गर्दै विनाशकारी भूकम्पलाई हामीले जितेकै हौ । भारतले लगाएको नाकाबन्दीका कारण हाम्रो स्वाभिमान डगमगाएन । नेपालको जितको इतिहास लामो छ भन्दै उक्त गीत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोको छायाँकन काठमाडौ र पोखरामा गरिएको छ ।

सँगीतकार श्यामसुङ तामाङको सँगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सञ्जोक बस्याल र विजय बस्यालले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई सबिन गायक, बिनोद पोखरेल, कमल पर्साइ र विवेक बस्यालले खिचेका हुन् । गीतमा डिओपी मिलन शंकरको छ भने ड्रोनमा सुरज श्रेष्ठ र कमल प्रसाईले साथ दिएका छन् ।

‘जित्छौ हामी’ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,सांसद कोमल वली, कवि तीर्थ श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, कलाकार तथा निर्देशक अनुप बराल, अभिनेत्री दिया मास्के, अभिनेता राजबल्लभ कोइराला, कवि तथा लेखक सरस्वती प्रतिक्षा, फुटबल खेलाडी अनिल गुरुङ, भलिबल खेलाडी सिपोरा गुरुङ, मोडल निराजन प्रधान, मोडल मिलन शंकर, साहिल खान, सर्च प्रसाई, विजय बस्याल, सञ्जोक बस्याल लगायत बाल कलाकारमा काव्य लक्ष्मी बानियाँ, स्यारोन श्रेष्ठ, स्वपनिल गायक, सियोना श्रेष्ठ, र स्वर्णीम पौडेलको अभिनय छ ।

pokhara internet
Comments
Loading...