ICAS
Rara

खेलकुदकी छोरी ‘सन्ध्या’

केशव पाठक, पोखरा । 

बिहानको ११ बज्दै थियो । म भर्खरै कार्यालयको काम सकेर खाना खान कोठामा पुगेकी थिंए । त्यही बेला एउटी महिला एक बालिका कोखामा समातेर उनी भए तिर आइन् । धेरै बेर सम्म उनीसँगै बसिन दुःख सुखका गफ गरिन् । यो घटना थियो २०७२ साल जेठको तेश्रो साताको । देश भुकम्प बाट भर्खरै उठ्दै थियो ।

govnotice

करिव १० वर्ष देखि पोखरा रंगशालामा ज्यालादारी गर्दै आएकी विभा त्यही रंगशाला परिशरमा नै वस्छिन् । उनलाई गते भने ठ्याक्कै मिती भने याद छैन । उनीसंग त्यस्तो अनौठो घटना भने घटेको थिएन । एक छोरा र दुई छोरीकी आमा विभालाई यस्तो अनौठो घटना पछ्यायो जुन आज पर्यन्त उनको मनमा ताजै छ । त्यो घटना थियो रंगशाला बालिका सहित छिरेकी महिलाले आफू संग ल्याएकी ति बालिका संधैको लागि त्यहीं छोडेर वेपत्ता भइन् ।

करिब पाँच वर्ष अघिको त्यो घटना विभालाई अझै ताजै छ । करिव ११ महिनाकी ति बालिक । जिउ भरि खटिरा नै खटिरा । टाउको त खटिराले कुहिएको जस्तो । छुनै घिन लाग्ने । ति महिलाले वेदना पोखिन विभा संग–“धेरै दिन भयो श्रीमानले छोडेर हिँडेको । छोरीलाई सञ्चो छैन । जिउ भरि खटिरा आएको छ । केही खुवाउन पनि पाएकी छैन दिदी ।”

ज्यालादारीमा काम गर्ने विभा उनको पनि हालत उस्तै तर मन की धनी उनले गोजी बाट १०० को नोट निकालिन विस्कुट र दुध किनेर ल्याइन । बालिकालाई आफ्नै हातले खुवाइन् । बालिका पनि उनी संग च्याप्प टाँसिएर विभाकै काखमा निदाइन् । जुन दिन देखि उनले ति बालिका लाई काखमा लिइन त्यो दिन देखि तिनले विभाको काख छोडेकी छैनन । नियतीको खेलनै त्यस्तै भयो ।

parichay

बालिका निदाएपछि ति महिलाले आफ्नो काम गर्ने ठेकदार संग पैसा लिनुछ । बगर सम्म पुग्नु पर्ने भयो । छोरी हजुरसँग मानेकी छ । म त्यहाँ सम्म पुगेर आउनु छ । बस भाडा नि छैन भनिन । विभाले आफूसँग भएको ५० नोट दिएर जान भनिन । बगर जान हिँडेकी ति महिला ठ्याक्कै ५ वर्ष वित्न लाग्यो उनी फर्केकी छैनन । न त विभालाई ति महिलाको ठेगान नै थाहा छ । अत्तोपत्तो छैन विभाले भनिन् ।

साँझ श्रीमान काम बाट फर्केर आए । विभा झोर्काएर बसेकी थिइन । बालिका देख्ने वित्तिकै विभा र श्रीमान बिच बाझा बाझ भयो । कोठा बाटै निस्कनु पर्यो । अवेर राती कोठामा आइन । छेवैको पसल बाट उधारोमा दुध ल्याएर बालिकालाई खुवाइन् । बालिका मस्त निदाइन् । तर विभाको मनमा त्रास थियो । एकातिर श्रीमानको गाली अर्को तिर डर । के गर्ने सोच्नै सकिनन् । राती अवेर सम्म निद्रा परेन ।

बिहान सवेरै कार्यालयको सरसफाईमा जुटिन । १० बज्यो कार्यालयका कर्मचारी आए । सबैले गाली गरे । तुरुन्तै प्रहरी कार्यालय रामबजारमा बालिका लाई लगेर छोड्न भने । प्रहरीले बालिका लिन मानेन । फर्काएर फेरी रंगशालामानै ल्याइन् । फेरी कार्यालयका कर्मचारी रिसाए । एसओस पुर्याउन भने । एसओएसले समेत लिन मानेन । विभालाई निल्नु न ओकल्नु भयो । बालिका अरु संग जानै मानिनन् । विभालाई छोड्दै छोडिनन् ।

दिन वित्दै गए । श्रीमानले पनि ति बालिकाप्रती गर्ने व्यबहारमा परिवर्तन आयो । विभा भन्छिन–“वुढाले पनि माया मान्न थाल्नु भयो ।” नाम राखे ति बालिकाको–‘सन्ध्या’ । वालिकालाई दुध खुवाउने पैसा हम्मे हम्मे नै थियो । खेलकुदमा प्रशिक्षण गर्न आउने खेलाडी र प्रशिक्षकले बालिका प्रती माया दर्शाउँदै केही रकम दिन थाले । विस्तारै बालिका हुर्कदै गइन् ।

“सन्ध्या ठ्याक्कै ४ वर्ष पुगेर यो जेठमा ५ मा टेक्छिन” विभा भन्छिन्–“उमेर वढ्दै गयो हेर्नुस न अहिले त के के माग्छे हैरान नै छ ।” देखेको खेल्ने कुरा नयाँ लुगा उनको चाहना हुन् । तर विभासँग उसको लागि राम्रोसँग खुवाउने पैसा हुँदैन । ज्यालादारीमा काम गर्नेसँग सन्ध्याको डिमाण्ड पुरा हुन सक्ने कुरै भएन । नर्सरीमा पढ्दै गरेकी सन्ध्या गुडिया जस्तै छिन । बानी पनि निकै राम्रो । “टिभी दिन भरी हेर्न पाएपछि केही चाहिन्न उसलाई” विभा भन्छिन–“रंगशालामा यस्तो धुलो उड्छ, स्कुल विदाको दिन उ दिनभरी टिभी हेरेर विताउँछे ।”

रंगशालामा एउटी महिलाले छोडेको नासो सबैकै चहिएता भएकी छन् । सन्ध्या भविष्य के हुने हो त्यो विभालाई समेत थाहा छैन । “कसैले सहयोग गरिदिए यसलाई अझै राम्रोसँग हुर्काउने थिँए” उनी चिन्ता व्यक्त गर्छिन् । पोखरामा सहयोगी मनहरु नभएका पनि होइनन् । रंगशालामा हुर्कदै गरेकी सन्ध्यालाई यतिबेला त्यही खाँचो छ ।
तस्विरः सुदर्शन रञ्जित

pokhara internet
Comments
Loading...