NTHMC

सन्दीप आबद्ध दिल्लीले अगस्ट १५ बाट प्रशिक्षण शुरू गर्ने

एजेन्सी । इन्डियन प्रिमियर लीग (आईपीएल) को टीम दिल्ली क्यापिटल्सले अगस्ट तेस्रो साताबाट प्रशिक्षण थाल्ने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरमा आयोजना गर्ने तयारी गरेको छ । यससँगै दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी थालेको हो ।

roma
parichay

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले दिल्लीबाट आईपीएल खेल्ने गर्छन् ।

ICAS

क्याम्पको मुख्य उदेश्य खेलाडीलाई एक जुट गराउने र कोरोना महामारीको समयमा स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीको लय फर्काउने रहेको दिल्लीका एक पदाधिकारीले बताए ।

pokhara internet
Comments
Loading...