ICAS
Rara

साम्राज्ञीलाई तनाब: टासिएर फोटो खिचाएकी फ्यानलाई कोरोना !

केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डनमा थिइन् । आफ्नो चलचित्र ‘मारूनी’ प्रदर्शनको लागि निर्मात्री पूनम गौतम सहित उनी लण्डन पुगेकी थिइन् । त्यहीँ लण्डनमा आफ्नो फ्यानसँग खिचेको एक तस्विरले अहिले साम्राज्ञीलाई तनाव दिएको छ ।

साम्राज्ञीले तस्विर खिचाएकी एक फ्यानलाई कोरोना संक्रमण देखिएको छ । जसका कारण साम्राज्ञीलाई तनाव सुरु भएको हो ।

govnotice
parichay

साम्राज्ञीले त्यहाँ भगवती रानाभाटसँग तस्विर खिचाएकी थिइन् । अहिले भगवती कोरोना संक्रमित भएर उपचाररत छिन् । उता भगवती बिरामी भएपछि यता साम्राज्ञीलाई धेरैले शंका गरेका छन् । उनलाई आएका म्यासेजबाट दिक्क छिन्, साम्राज्ञी ।

साम्राज्ञी आफूले उनलाई पहिलो पटक भेटेको र तस्विर मात्र खिचाएको बताउँछिन् । साम्राज्ञी अहिले आफू पुर्ण रुपमा स्वस्थ्य भएको बताउँछिन् । उनी अहिले आफ्नो परिवारसँग घरमा नै समय बिताइरहेकी छिन् ।

pokhara internet
Comments
Loading...