NTHMC

साम्राज्ञी भन्छिन्—‘एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइदैन यहाँ’

पोखरा / 

नेपाली चलचित्र क्षेत्रमा आशावादी नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिइन्छ । उनको अभिनयलाई समेत दर्शकले मन पराएका छन् । चलचित्र ‘ड्रिम्स’ बाट डेब्यु गरेकी नायिका साम्राज्ञीले घमण्डी आरोप खेप्नुपरेको छ । अहिलेसम्म ८ वटा चलचित्रमा अभिनय गरेकी साम्राज्ञीले ३ वटा चलचित्रमा नराम्रो व्यवहार भोग्नुपरेको किस्सा सुनाइन् ।

roma
parichay

सामाजिक संजाल इन्स्टाग्राममा भिडिओ मार्फत मनको कुरा शेयर गर्दै साम्राज्ञीले आफुले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा नायिकाको रुपमा डेब्यू गरेको बताइन् । ‘त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुदैन भन्ने सिकाइन्थ्यो । हरेक चलचित्रको प्रमोशनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । जसले मलाई दिक्क बनाउथ्यो । ’—साम्राज्ञीले भनिन् ।

ICAS

सो विषयलाई लिएर उनको धेरै ट्रोल समेत बन्यो । साम्राज्ञीले आफुलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरी काममा फर्किएको अनुभव साटिन् । उनले भनिन्,‘कामको सम्मान गर्ने मान्छे हुँ म । चलचित्र क्षेत्रमा भोगेका भोगाइको विषयमा केही निर्देशकले बोल्न दिनुहुदैन ।’ मनलाई भित्रै देखि खाने विषय बाहिर नआओस भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न सिक्नुपर्ने उनको भनाई छ ।

उनले आफुलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेकाले बोल्दा आफूलाई माया वा घृणा जे आएपनि सहने बताएकी छिन् । उनले आफुले पहिले जसरीनै आगामी दिनमा समेत धेरै चलचित्र नगर्ने बताएकी छिन् ।

pokhara internet
Comments
Loading...